काठमाडौं २८ फागुन । हङकङको लान्ताउ टापुमा सोमबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ।
भूकम्प गएको अब्जर्भेटरीले पनि पुष्टि गरिसकेको छ। अब्जर्भेटरीका अनुसार दिउँसो १ बजेर २२ मिनेट जाँदा २।० म्याग्निच्युडको भूकम्प गएको हो।
कमजोर भूकम्पका कारण धेरै मानिसले यसको महसुस नगरे पनि लान्ताउका स्थानीयले केही सेकेन्डसम्म हल्का धक्काको महसुस गरेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
लान्ताउ टापुमा केन्द्रबिन्दु भएर गएको भूकम्पको गहिराइ १० किलोमिटर ९६।२ माइल० रहेको अब्जर्भेटरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्