काठमाडौ १ चैत । फेरी पनि सुनको मूल्यमा वृद्दि भएको छ । आज सुनको मूल्यमा प्रतितोला ८०० रुपैयाँको वृद्धि आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबारको तुलनामा आज तोलामा ८०० रुपैयाँले बढेर कारोबारमा आएको हो ।यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार ८०० रुपैयाँ कायम छ ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २५ हजार २०० रुपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार र १ लाख २४ हजार ४०० रुपैयाँ कायम थियो ।यस्तै, आज चादिको मुल्यमा प्रतितोला ५० रुपैयाँ वृद्दि हँुदा १५ सय १५ रुपैयाँ कायम भएको छ ।


















प्रतिक्रिया दिनुहोस्