ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकका लागि ‘कठिन’ समयमा मतदान गर्न पुटिनको रुसी जनतासँग आग्रह


एबीसी न्यूज
१ चैत्र २०८०, बिहिबार   ४ : २८   बजे

काठमाडौं १ चैत । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मुलुकका लागि ‘कठिन’ समयमा आएको साताको अन्त्यमा हुने निर्वाचनमा मतदान गर्न रुसी जनतासँग बिहीबार आग्रह गर्नुभएको छ । लामो समयसम्म सेवारत पुटिनले एक पटक पुनः सत्तामा आफ्नो पकड बलियो बनाउन चाहनुभएको छ ।

क्रेमलिनले पुटिन यसै साताको अन्त्यमा हुने निर्वाचनबाट अर्को छ वर्षको कार्यकाल सुरक्षित गर्न तयार हुनुभएको भन्दै निर्वाचनले युक्रेनमा रुसको आक्रमणपछाडि समाजको हात रहेको देखाउने बताएको छ ।

“म आश्वस्त छु स् हाम्रो मुलुक कस्तो कठिन अवस्थाबाट गुज्रिरहेको छ र हामी करिब सबै क्षेत्रमा कति जटिल चुनौतीहरूको सामना गरिरहेका छौँ भन्नेबारे तपाईंहरूले बुझ्नुभएको छ”, मतदानको पूर्वसन्ध्यामा रुसी जनतालाई सम्बोधन गर्दै पुटिनले भन्नुभयो, “उनीहरूलाई गरिमापूर्वक जवाफ दिन र कठिनाइहरू सफलतापूर्वक पार गर्न हामीले एकताबद्ध र आत्मविश्वासी बन्न जारी राख्नुपर्छ ।”

मार्च १५ देखि १७ सम्म हुने निर्वाचनमा हुने जितले उहाँलाई कम्तीमा सन् २०३० सम्म क्रेमलिनमा बस्न अनुमति दिनेछ । यो १८औँ शताब्दीमा क्याथरिन दि ग्रेटपछि कुनै पनि रुसी नेताको तुलनामा उहाँको शासन अवधि लामो हो ।

“म स्पष्टरूपमा भन्छु आजको निर्वाचनमा भाग लिनु भनेको देशभक्ति भावनाको अभिव्यक्ति हो”, पुटिनले भन्नुभयो । उहाँले युक्रेनबाट हालै कब्जा गरिएका चार क्षेत्रका साथै सन् २०१४ मा मस्कोले कब्जा गरेको क्रिमिया प्रायद्वीपमा पनि मतदान हुने बताउनुभयो ।

रुसी नेताले भन्नुभयो, “मोर्चामा हाम्रा लडाकूहरूले पनि मतदान गर्नेछन्, उनीहरूले साहस र वीरता प्रदर्शन गर्दै मातृभूमिको रक्षा गर्नेछन् र निर्वाचनमा भाग लिएर हामी सबैका लागि उदाहरण स्थापित गर्नेछन् ।” निर्वाचन पूर्वकेजिबीका एजेन्ट ९पुटिन० का लागि अत्यधिक आत्मविश्वासको समयमा आएको छ ।

युक्रेनमा रुसी सेनाले महिनौँमा पहिलो पटक युद्धक्षेत्रमा बढत हासिल गरेको छ र पुटिनका सबैभन्दा कट्टर आलोचक एलेक्सी नभाल्नीको गत महिना आर्कटिक कारागार कोलोनीमा मृत्यु भएको छ । राससरएएफपी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu