ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी स्टिल कम्पनी निप्पोनलाई बिक्री गर्ने पक्षमा नरहेको राष्ट्रपति बाइडेनको भनाइ


एबीसी न्यूज
२ चैत्र २०८०, शुक्रबार   ३ : ३९   बजे

काठमाडौं २ चैत । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी स्टिल कम्पनीलाई जापानको निप्पोन स्टिललाई बिक्री गर्ने प्रस्तावको विपक्षमा आफू रहेको बताउनुभएको छ ।

जापानका प्रधानमन्त्री फुमियो किशिदालाई ह्वाइट हाउसको राजकीय भ्रमणका लागि स्वागत गर्नुभन्दा एक महिना पहिले राष्ट्रपति बाइडेनले १४ अर्ब १० करोड अमेरिकी डलरको अधिग्रहणसम्बन्धी प्रस्तावमा विमत रहेको बताउनुभएको हो ।

यसको अर्थ राष्ट्रपति बाइडेनको नजर नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पविरुद्ध केन्द्रित देखिएको छ । दुवै पार्टीका सांसदहरूले एक विदेशी मालिकलाई विशाल अमेरिकी उत्पादन कम्पनी बिक्री गर्ने योजनाको विरोधमा युनियनहरूसँग मिलेर काम गरेका छन् ।

युएस स्टिल कम्पनी पेन्सिलभेनिया राज्यको पिट्सबर्गमा अवस्थित छ । उक्त राज्यमा राष्ट्रपति बाइडेनले सन् २०२० को निर्वाचनमा ट्रम्पमाथि विजय गर्नुभएको थियो । यस वर्ष फेरि बाइडेनको ट्रम्पसँग प्रतिस्पर्धा हुने करिबकरिब निश्चित भएको छ ।

राष्ट्रपति बाइडेनले एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “हामीले अमेरिकी स्टिल कम्पनीहरूलाई जोगाउनुपर्छ । मैले हाम्रा स्टिलकर्मीहरूलाई भनेको थिएँ यसमा मेरो सहयोग रहनेछ ।”

उहाँले भन्नुभएको छ, “यूएस स्टिल एक शताब्दीभन्दा बढी समयदेखि एक प्रतिष्ठित अमेरिकी कम्पनीका रूपमा काम गर्दै आएको कम्पनी हो र अमेरिकाका लागि यो कम्पनी रहनु महत्वपूर्ण छ ।”

तर बाइडेनले डिसेम्बरमा घोषणा भएदेखि नै यसले राष्ट्रिय सुरक्षा हितलाई कसरी असर गर्छ भन्ने संघीय समीक्षाको अधीनमा रहेको यो सम्झौतालाई आफूले अवरोध गर्ने स्पष्ट रूपमा बताउनुभएको छैन ।

जापानी सरकारका प्रवक्ता योशिमासा हयाशीले शुक्रबार टोकियोलाई बाइडेनको बयानबारे जानकारी भए पनि व्यक्तिगत कम्पनीको व्यवस्थापनको विषयमा टिप्पणी गर्न अस्वीकार गरेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “जापान–अमेरिका गठबन्धन पहिलेभन्दा बलियो छ र राष्ट्रहरूले ‘नियममा आधारित स्वतन्त्र र खुला आर्थिक व्यवस्थाको रखरखाव र सुदृढीकरण’ लगायत धेरै क्षेत्रमा सहयोग जारी राख्नेछन् ।”

निप्पोन स्टिल र युएस स्टिलले एक संयुक्त वक्तव्य जारी गर्दै उनीहरूको साझेदारीले ‘जापान र संयुक्त राज्य अमेरिकाबिचको घनिष्ठ गठबन्धन“ प्रतिविम्बित गरेको बताएका छन् ।

“हामी लेनदेनको प्रशासनको जाँचको स्वागत गर्दछौं । यो लेनदेनको वस्तुनिष्ठ र व्यापक समीक्षाले यसले अमेरिकी रोजगारी, प्रतिस्पर्धा र आर्थिक र राष्ट्रिय सुरक्षालाई बलियो बनाउँछ भन्ने देखाउँछ,” वक्तव्यमा भनिएको छ ।

निप्पोन स्टिलले एक छुट्टै विज्ञप्ति जारी गर्दै भनेको छ, “यो सम्झौताले अमेरिकी स्टिल, युनियन कामदार र समग्र अमेरिकी स्टिल उद्योगलाई स्पष्ट लाभ प्रदान गर्दछ ।”

यूएस स्टिलको शेयर शुक्रवार ६।४ प्रतिशतले घटेको छ भने शुक्रवारको निप्पोन स्टिलको शेयर ०।११ प्रतिशतले घटेको छ । प्रस्तावित बिक्री संयुक्त राज्य अमेरिकामा एक राजनीतिक हतियार बनेको छ ।

गत फेब्रुअरीमा ट्रम्पले आफूले ह्वाइट हाउसमा दोस्रो कार्यकाल जितेमा उक्त ‘भयानक’ सम्झौता रोक्ने बताउनुभएको थियो । बाइडेनको चुनावी घोषणापत्रमा अमेरिकी उत्पादनको पुनर्निर्माण गर्ने प्रतिबद्धताको केन्द्रमा पनि यो सम्झौता उल्लेख गरिएको छ । राससरएएफपी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu