नयाँ धनी सम्भ्रान्तहरू पुरानाहरु भन्दा युवा र बढी साहसी छन्
फेब्रुअरी मार्चमा परिणत भएपछि, पश्चिम भारतको एक अनन्त औद्योगिक सहर जामनगरमा अनन्त अम्बानीको पूर्व–विवाह समारोहको दृष्यले सम्पूर्ण भारत चकित पर्यो । भारतका सबैभन्दा धनी व्यक्ति र रिलायन्स लगायत व्यापरिक विशाल समूहका मालिक मुकेश अम्वानीका छोरा हुन् अनन्त अम्वानी । उनको पूर्व विवाह समारोहमा बिल गेट्स, मार्क जुकरबर्ग र रिहाना आए, भारतीय व्यापारिक टाइकुन, क्रिकेट लिजेन्ड्स र बलिउडका ए–लिस्टरहरूको ठूलो समूह समेत त्यो समारोहमा उपस्थित थियो । सरकारले स्थानीय आन्तरिक विमानस्थललाई अस्थायी रूपमा अन्तर्राष्ट्रिय विमानस्थलमा परिणत गरिदिएको थियो। टिभी, सामाजिक सञ्जाल र पत्रपत्रिकाहरूमा भव्य कभरेजहरु पछ्याउँदै करोडौं भारतीयहरूले धनीहरूको स्वाद र शक्तिको उत्सवहरू संक्षिप्त रूपमै भए पनि लिन पाए ।
अम्बानीहरू र उनीहरूका प्लुटोक्रेट साथीहरु भारतीय घरानाका स्थापित नाम हुन्। तर पनि तिनीहरू भारतका धनीहरूका प्रतिनिधि होइनन्। अरबपतिहरूको सूची, सूची संकलक फोर्ब्सको परिभाषा अनुसार चयन गरिएको हुन्छ। भारतमा तिनै मध्येका लगभग १ सय ८६ जना मात्रै छन्। भारतको आर्थिक कथाको लागि अझ धेरै परिणाममुखी र प्रतिनिधि डलर करोडपतिहरूको फौज, यस श्रेणीका व्यरिुक्तहरु (घरानाहरु) हरेक वर्ष विस्तार भइरहेका छन्। तिनीहरूको उपभोग, लगानी र वृद्धिको ढाँचाभन्दा तिनीहरूको संख्याको सापेक्षरुपले ठूलो प्रभाव छ।तर तिनीहरू समाचारका हेडलाइन बन्दैनन् वा आफ्नो सम्पत्तिको विज्ञापन गर्दैनन्।
‘धनी’ को कुनै निश्चित परिभाषा छैन, जुन व्यवसायहरूले तिनीहरूलाई पूरा गर्दछ।तर एक ‘उच्च–कुल–धनी व्यक्ति’ हुनको लागि सामान्य रूपमा स्वीकार गरिएको थ्रेसहोल्ड भनेको प्राथमिक घरहरुको स्वामित्व सहितको एक मिलियन युएस डलर वा सो भन्दा बढीको कूल सम्पत्तिको स्वामित्व हो। यसले मामूली ज्यालामा काम गर्ने, तर मुम्बईमा एउटा ठूलो ससमुन्द्री तटमा फ्ल्याट भएको व्यक्तिलाई गणना गरेर संख्या बढाउन सक्छ — १ मिलियन डलरमा मुम्वई शहरमा ११०० वर्ग फिट (१०० वर्ग मिटर) को फल्याट(सम्पत्ति) किन्न सक्छ । तर यसले अवैध नगद धन राख्नेहरूको लागि लेखाजोखा गर्दैन, जसका कारणले वास्तविक तथ्याङ्कलाई निराश पारिरहेको छ । विज्ञहरूले ठहर छ ‘यी चीजहरूले देशका धनी मानिसहरूको वास्तविक चित्र देखाउने कुरामा एकअर्कालाई अस्वीकार गर्दछन् ।’
एक स्विस बैंक क्रेडिट सुइसको अनुसन्धान अनुसार उपरोक्त परिभाषा अनुसार, भारतमा सन् २०२२ मा लगभग ८,८५,००० जना डलर करोडपतिहरू रहेका थिए, जुन एक दशक अघिको तुलनामा ४,७३,००० जना थपिएका थिए । ५.६ प्रतिशतको औसत जीडीपी वृद्धिलाई पछाडि पार्दै २०१२ र २०२२ को बीचमा डलर करोडपतिहरूको संख्या ८.५ प्रतिशतका दरले वार्षिक बृद्धि भएको थियो । भारतको अर्थतन्त्र अहिले झनै बलियो हुँदै गएको छ ।परिणामस्वरु, सम्पत्ति प्रबन्धकहरूले डलर करोडपतिहरूको संख्या प्रति वर्ष १५–२० प्रतिशत विस्तार हुने अपेक्षा गर्छन्।यस समूहको जनसांख्यिकी वर्णन गर्ने कुनै पनि तथ्यांकहरु उपलव्ध छैनन्। तर पनि आफ्नो धन व्यवस्थापन गर्ने मानिसहरूको दृष्टान्तले व्यापक प्रवृत्तिहरू अनुमान भने गर्न सम्भव छ।एउटा एकीकृत विषयवस्तु स्पष्ट भएको छ कि भारतका नयाँ धनीहरू पुराना जस्ता केही पनि छैनन्।
पहिलो, तिनीहरू धेरै फैलिएका छन्।अब भारतीयहरूले धनी हुनको लागि मुम्बई, दिल्ली वा बैंगलोर जस्ता शीर्ष–स्तरीय शहरहरूमा बस्न आवश्यक पर्दैन।ठूलो बैंक कोटक महिन्द्रामा १५ वर्षसम्म सम्पत्ति व्यवस्थापक रहेका र अहिले धितोपत्र व्यवसायको प्रमुख रहेका जयदीप हंसराज साना सहरबाट लगानीकर्ताको आगमन अभूतपूर्व भएको बताउँछन्।तिनीहरू ‘इन्दौर वा भोपाल वा लखनऊ वा कानपुरबाट आउँछन्।मेरो मतलब…बरेली।’ बैंकरहरूको पहिलेको पुस्तालाई ठट्टा गर्ने शहरहरूको प्रकारलाई उल्लेख गर्दै उनी भन्छन्, ‘यसले मलाई पूर्णतया ठट्टा गर्छ ।’ बजार पुँजीकरणका आधारमा भारतको सबैभन्दा ठूलो बैंक, एचडीएफसीका राकेश सिंह भन्छन् – उनले आसामको जोरहाट जस्ता ठाउँहरूबाट आधा मिलियन डलरको लगानी आएको देखेका छन्, जसलाई(आसामको जोरहाट) अधिकांश भारतीयहरूले नक्सामा पत्ता लगाउन धेरै कठिन छ ।
धनको यसप्रकारको भौगोलिक विविधतापूर्ण चलायमान हुनु भनेको भारतको पूर्वाधार सुधार हुनु हो।यसले ढुवानी लागत घटाएको छ र औद्योगिक ढुवानीलाई गति दिएको छ।यसमा हवाई कनेक्टिभिटीमा भएको ठूलो विस्तार, उच्च–गतिको इन्टरनेट विस्तार, र भारतको बढ्दो अर्थतन्त्रको एक हिस्सा कब्जा गर्न इच्छुक राज्य सरकारहरूबाट भएको लगानी प्रोत्साहन समेत समावेश छ।सम्पत्ति प्रबन्धकहरू पनि, ग्राहकहरूलाई तिनीहरू जहाँ छन् त्यहीं पुगेर सेवा दिन आफ्ना कार्यहरू विस्तार गर्दैछन्।
दोस्रो परिवर्तन धनीहरूको औसत उमेरमा छ। जहाँ भारतका धनीहरूको कुनै समय औसत उमेर ५० वर्षभन्दा माथिको हुन्थ्यो, अहिले ४०–३० को उमेर समूहका करोडपतिहरू सामान्य जस्तै भएका छन्। पहिलेको अनुत्पादक होल्डिङबाट ठूलो रकम उठाउँदै केहीले पूर्वाधार आयोजनाका लागि सरकारी जग्गा अधिग्रहणबाट फाइदा उठाएका छन् । धेरैजसो पहिलो पुस्ताका व्यवसायीहरू छन्, जसले वेफर्स (आलु, सिलिकन होइन) जस्ता उपभोग्य वस्तुहरू बनाउने गर्छन्। लुगा वा पापडहरु, वा बढ्दो अर्थतन्त्रको लागि अनाकर्षक तर अत्यावश्यक वस्तुहरू, जस्तै रिबार वा बल बेरिङहरू। यसमा कम्पनी स्टक विकल्पहरू वा विवेकी व्यक्तिगत लगानीहरू भएका तलवी पेशेवरहरूको ठूलो हिस्सा छ ।लगभग १०,००० ग्राहकहरूको लागि ६.६ बिलियन डलर बराबरको सम्पत्तिका प्रबन्धक आनन्द राठीका चेतन शेनोय भन्छन्, यी ‘बलियो मध्यम– वर्गीय मूल्यहरु’ भएका पहिलो पुस्ताका करोडपतिहरू हुन्।
तेस्रो ठूलो परिवर्तन भनेको लगानी र उपभोग दुवैको हिसाबले नयाँ धनीहरूले आफ्नो धनलाई के गर्छन् भन्ने कुरा हो। उनीहरू आफ्ना अभिभावकको तुलनामा पूँजी बजारका लागि धेरै सहज छन्। अन्तर्राष्ट्रिय बैंक स्ट्यान्डर्ड चार्टर्डमा निजी बैंकिङ प्रमुख नितिन चेङ्गप्पा भन्छन् – ‘पहिले म गएर मेरा ९० प्रतिशत ग्राहकहरूसँग एउटा मानक कुराकानी गर्न सक्थें, आज ‘विविधता कुञ्जी हो। यो म्युचुअल फन्ड मात्र होइन। यो निजी इक्विटी हो, सामाजिक कारणहरू, उद्यम पूंजी, म सूचीकृत ‘कम्पनीहरूमा के गर्न सक्छु, म गैर–सूचीकृत मा के गर्न सक्छु?’ भन्ने छुट्याउँछन् । तर धनीहरूले अझै पनि भारत र विदेशमा धेरै सुन र त्यसपछि घरहरू किन्छन् । तर बजारमा उनीहरूको चासो र जोखिम प्रति उनीहरूको भोक पनि बढेको छ। यसको मतलब तिनीहरू उपभोगबाट टाढा रहन्छन् भन्ने होइन। विदेशी बिदाहरू एक सामान्य भोग हो, असाधारण विवाह र फैंसी कारहरू जस्तै। (मर्सिडिज–बेन्जले भारतलाई तीन वर्षमा जर्मनीबाहिर पाँचौबाट आफ्नो तेस्रो ठूलो बजार बन्ने अपेक्षा गरेको छ।) युरोपेली लक्जरी ब्रान्डहरू र होटलहरू भारतका सहरहरूमा तीव्र रुपले सामान्य बन्दै गएको देख्न सकिन्छ । गत वर्ष डिओरले मुम्बईमा एउटा कार्यक्रम आयोजना गर्यो, र २०२२ मा स्विस घडी उद्योगले भारतमा निर्यातको लागि रेकर्ड वर्षको मजा लियो । भारतीय एक ठूलो समूह टाटाले आफ्नो विलासिता–सामान र पाँच–तारे होटल व्यवसायहरूमा बलियो वृद्धि गरिरहेको छ, विशेष गरी साना शहरहरूबाट। यो वर्ष २५ वटा होटल खोल्ने योजना छ, तीमध्ये धेरै उच्चस्तरीय छन्। अर्को वर्ष मुम्बईमा खोलिने अन्तर्राष्ट्रिय विमानस्थलमा निजी जेटका लागि आरक्षित पार्किङ स्थलहरूको पाँचौं स्थान यही समूहले ओगट्दैछ ।
दुईवटा जोखिमले भारतको नयाँ धनी वर्गको विकासलाई रोक्न सक्छ। पहिलो राजनीतिक, नियामक वा करमा हुने परिवर्तान रहेको छ । लगानीमा जोखिम लिने र निःशुल्क खर्च गर्ने उपभोगी र धनीहरू बीचको सम्वन्ध विश्वासद्वारा संचालित हुन्छ, उनीहरू केवल धनी हुन सक्छन् ।राजनीतिक अस्थिरताले सुरक्षित लगानीमा कमी र खर्च कटौती हुनसक्छ ।अपितु तिनीहरू प्रायः घरेलु मुद्रास्फीतिको लागि प्रतिरक्षा गर्छन, तिनीहरू विशेष गरी आय र विलासिताका खर्चका बारेमा करमा हुने परिवर्तनहरूमा विशेष रूपले संवेदनशील हुन्छन्।
अर्को खतरा धनीहरू भाग्न सक्ने हो। एक उच्च–अध्यागमन फर्म, हेन्ले एन्ड पार्टनर्सका अनुसार २०२२ मा ७,५०० भारतीय करोडपतिहरू विदेशीएको अनुमान छ। अरू धेरैले चुपचाप दुबई, लन्डन वा सिंगापुरमा दोस्रो घरहरू बनाएका छन्, साथै तिनीहरूले त्यहाँ सर्ने विकल्पहरू खुला रहेको अधिकारका रुपमा उपयोग गरेका छन् । धेरैजसोले आफ्ना छोराछोरीलाई विदेशी विश्वविद्यालयमा पठाउने गर्छन् । उच्च गुणस्तर जीवन यापन, आफ्ना छोराछोरीहरूका लागि राम्रो विद्यालय शिक्षा र सफा वातावरणको प्रलोभनमा अन्तर्राष्ट्रिय फर्महरू भएका पेशेवरहरू बढ्दो रुपमा चलायमान भएका छन् ।
भारतका नयाँ धनीहरू, अघिल्लो पुस्ताका कुलीनहरू जस्तै देशभक्तहरुकै समूह हो। धेरै जसो फिर्ता आएर राम्रो समयको सदुपयोग गर्दै अन्य भारतीयहरूको जीवन सुधारका लागि केही भएपनि मद्दत गर्न इच्छुक छन् । तर तिनीहरु बदलिए जसरी नै भारत पनि परिवर्तन होस् भन्ने चाहन्छन् । एकजना बैंकरले भन्छन् ‘तपाईं जति धनी हुनु भए पनि, तपाईं प्रदूषणको बारेमा केही गर्न सक्नुहुन्न।’
– दि इकोनोमिष्टबाट
प्रतिक्रिया दिनुहोस्