काठमाडौ ४ चैत ।आजदेखि विधिवतरूपमा फागु पर्व अर्थात होली पर्व शुरु भएको छ । काठमाण्डौको बसन्तपुरमा आज बिहान होलीको चीर ठड्याइएको छ । होलीको चीर ठड्याइएसँगै फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ ।
फागु अर्थात् होली पर्व शुरु भएको जनाउ दिन बसन्तपुरमा चीर ठड्याउने गरिन्छ । बसन्तपुरको गद्दी बैठक दक्षिणतर्फ बिहान ७ बजेर ४५ मिनेटको साइतमा बाजागाजासहित रङ्गीचङ्गी ध्वजापताकाले सिँगारिएको तीन छत्रे होलीको चीर ठड्याइएको हो ।यस वर्ष होली काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लामा चैत ११ गते र तराईका जिल्लामा १२ गते मनाईंदैछ । बसन्तपुरमा ठड्याइएको चीर फागुन शुक्ल पूर्णिमाको रात टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्