काठमाडौ ४ चैत ।प्रतिनिधिसभाले जनता समाजवादी पार्टी नेपालकी सांसद मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।आइतबार बसेको प्रतिनिधिसभा बैठक सांसद शर्माको निधनप्रति शोक प्रस्ताव पारित गर्दै सकिएको हो । बैठकले अन्सारीको परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ ।६० वर्षीय शर्माको आइतबार बिहान निधन भएको हो । उनको उपचारको क्रममा काठमाडौंको सिभिल अस्पतालमा निधन भएको जनमत पार्टीले जनाएको छ ।
उनी जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य थिइन् । २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ चैत १९ गते प्रतिनिधि सभा सदस्य चयन भएकी थिइन् ।जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा शर्मा सांसद भएकी थिइन् ।
२०४६ सालको आन्दोलन देखि राजनीतिक यात्रा सुरुआत गरेकी उनी सद्भावना पार्टीमा आबद्ध भई २०४६ सालदेखि २०५६ सम्म उपत्यका महिला इन्चार्जको जिम्मेवारी सम्हालेकी थिइन् ।सांसद शर्मा २०७९ सालको निर्वाचन समानुपातिकतर्फको निर्वाचनबाट जनता समाजवादी पार्टीको तर्फबाट समानुपातिक सांसद बनेकी थिइन् । सालको मञ्जुको आज बिहान काठमाडौंको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।प्रतिनिधिसभाको अर्को बैठक चैत्र ५ गते ९भोलि० बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्