ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री- पोखरा विमानस्थलको ऋण अनुदानमा बदल्न पहल हुन्छ


एबीसी न्यूज
४ चैत्र २०८०, आइतबार   १ : ०८   बजे

काठमाडौं ४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुने विश्वास व्यक्त गर्नुभएको छ । पोखरामा आइतबार बिहान भएको कार्यक्रममा प्रधानमन्त्री दाहालले छिमेकी मुलुकसँग यसबारे कुरा भइरहेको उल्लेख गर्नुभयो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले ऋणमा डुबायो भन्ने खालका अफवाहप्रति जानकार रहेको जनाउँदै विमानस्थलको ऋणलाई अनुदानमा बदल्न प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो । “२५ प्रतिशतमात्र होइन, सबै ऋण पनि अनुदानमा बदल्नेबारे मेरो ध्यान छ,” उहाँले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले सूचना, प्रविधिविहीन अवस्था मानवको अस्तित्व नै कायम नहुने खालको अवस्थामा पुगेको जनाउँदै आवश्यक पूर्वाधार र कानुन निर्माण गरी सञ्चार क्षेत्रलाई व्यवस्थित र व्यावसायिक बनाइने प्रष्ट पार्नुभयो । सञ्चार क्षेत्रलाई सेवामूलक उद्योगमा राखी सरकारले संरक्षण र संवद्र्धन गर्ने उहाँको प्रतिवद्धता छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ ले समारोहमा दयाशंकर स्मृति पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार दीपेन्द्र श्रेष्ठ र २०८० बाट पत्रकार मरोपरान्त त्रिभुवन पौडेललाई सम्मान गर्नुभयो । नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित तथा स्वर्गीय दयाशंकर पालिखेका परिवारद्वारा स्थापित यो पुरस्कारको राशि नगद एक लाख एक हजार एक सय ११ रुपियाँ छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले व्यवस्था परिवर्तन, समाजमा चेतना र सूचना, समाचार सम्प्रेषणमा मिडियो भूमिका भए पनि राज्यले त्यसको मूल्याङ्कन गर्न नसकेको गुनासो गर्नुभयो । महासंघले लामो समयदेखि आम सञ्चार प्रतिष्ठान माग गरे पनि त्यो बन्न नसकेको औंल्याउनुभयो । उहाँले भन्नुभयो, “राज्यले हामीलाई अभिभावकत्व दिएको महसुस भएको छैन ।”

यस्तै, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, प्रेस स्वतन्त्रताका सेनानी कुशुमकेशव पराजुली र महासंघ कास्की सचिव माधव बरालले पनि आफ्नो धारणा राख्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu