पश्चिमा विरोधी ध्रुबबाट उत्पन्न आर्थिक खतराको आँकलन
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उनका इरानी समकक्षी इब्राहिम राइसीबीचका धेरै कुराहरू समान छन् । दुवै अमेरिकी प्रतिबन्धहरूद्वारा व्यक्तिगत रूपमा लक्षित नेताहरू हुन् । दुवैजनाले धेरै देशको यात्रा नगरे पनि हालैका वर्षहरूमा चीनको भ्रमण गरेका छन् । र दुबैले एकअर्कालाई साह्रै मन पराउँछन् । डिसेम्बरमा उनीहरूले गाजा युद्धबारे छलफल गर्न क्रेमलिनमा भेटेका थिए । मार्च १८ मा राइसीले पुटिनलाई उनको ’निर्णायक’ चुनावी जीतको लागि बधाई दिइसकेका छन् ।
इतिहासको धेरै समय रूस, इरान र चीन कम नजिक रहेका शक्ति हुन् । उनीहरुको हृदयमा साम्राज्यवादी ज्वाला थियो, तिनीहरूले प्रायः एकअर्काको छिमेकमा हस्तक्षेप गर्थे र एशियाको व्यापारिक मार्गहरू नियन्त्रणको लागि झडप गर्थे । तर, पछिल्लो समय अमेरिकाको गतिविधिले पुरानो निरन्तरतामा परिवर्तन ल्याइदिएको छ । २०२० मा, इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौताबाट बाहिरिएको दुई वर्षपछि, हमास र यमनका हुथी विद्रोहीहरूलाई समर्थन गरेकोमा अंकलसामले (अमेरिका) पुनः प्रतिबन्ध लगाए । इरानलाई सजाय दिन यस वर्षको जनवरीमा थप दण्डको घोषणा गरियो । युक्रेनमा आक्रमण गरेपछि रूस २०२२ मा पश्चिमी प्रतिबन्धहरू अन्तर्गत परेको थियो, र ती प्रतिवन्धहरूलाई हालै झन कडा पारिएको छ । यसैबीच, चीनले पनि आफैमाथिका प्रतिबन्धहरूको सामना गरिरहेको छ, जुन नोभेम्बरमा डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएमा अझ धेरै कडा हुन सक्छ । साझा शत्रुका विरुद्ध संयुक्तरुपमा तीनै जनाले अब साझा विदेश नीतिलाई अगाडि बढाउने वाचा गरेका छन् । उनीहरुको नीतिको आधार बहुध्रुवीय विश्वको लागि भन्ने रहेको छ । विश्व अब अमेरिकाको प्रभुत्वमा छैन । यतिबेला सबैले बलियो आर्थिक सम्बन्धलाई आफ्नो नयाँ गठबन्धनको आधारको रूपमा हेर्छन् ।
चीनले रसियासँग ‘कुनै सीमा‘ साझेदारी नगर्ने वाचा गरेको छ, र २०२१ मा इरानसँग २५ वर्षे, ४०० बिलियन डलरको ‘रणनीतिक सम्झौता‘ मा हस्ताक्षर गरेको छ । यी सबै तीन देशहरू ब्रिक्स जस्ता एउटै बहुपक्षीय क्लबहरूमा सामेल हुँदैछन् । तिनीहरूबीच द्विपक्षीय व्यापार बढ्दै छः ट्यारिफ–फ्री ब्लकहरू, नयाँ भुक्तानी प्रणालीहरू र पश्चिम–नियन्त्रित स्थानहरू बाइपास गर्नेखालका आफ्नैखाले व्यापारिक उपायहरूका लागि योजनाहरू बनाइरहेका छन् । अमेरिका र उसका सहयोगीहरूका लागि यो दुःस्वप्नको कुरा हो । यसरी फस्टाउँदै गएको पश्चिमी विरोधी ध्रुबले शत्रुहरूका प्रतिबन्धहरूलाई चकित पार्न, युद्धहरू जित्न र अन्य हानिकारक अभिनेताहरूलाई बढवा दिन थप मद्दत गर्न सक्छ । नयाँ अनौपचारिक गठबन्धनले यस्ता क्षेत्रहरू समावेश गर्दछ, जहाँ जोडिने सम्वन्धहरू पहिले नै बलिया रहेका छन् । अमेरिका र उसका सहयोगीहरूका लागि यो दुःस्वप्नको कुरा हो । एक अन्य जहाँ सहयोग केवल आंशिक र केही नसुल्झेका प्रश्नहरू छन् । पाँच–दश वर्षमा यो गठबन्धन कस्तो होला ? बढ्दो व्यापारबाट कुरा शुरु गरौं । चीन लामो समयदेखि इरान र रुसलगायतको पेट्रोलियम पदार्थको बलियो ग्राहक हो । तरपनि यी दुई देशले युरोपमा धेरै तेल बेच्ने गर्थे, जुन रुसको क्षेत्र नजिक थियो र खाडीबाट पुग्न सजिलो पनि थियो । युरोपले उनीहरूलाई (रुस र इरान) रोक्न थालेदेखि चीनले सस्तो मूल्यमा ब्यारेलका ब्यारेल तेल किन्दै आएको छ । रूसको पश्चिमी बन्दरगाहहरूबाट प्रवाह बढेर प्रति दिन ५००,००० ब्यारेल प्रतिदिन (बी।बी) पुगेको छ, जुन युद्धपूर्व १००,००० व्यारेल प्रतिदिन भन्दा कमी रहेको केप्लरको रीड लुआन्सन नामक फर्मले जनाएको छ । डिसेम्बरमा रूसी कच्चा तेलको आयात २.२ मलियन बीःबी अर्थात् चीनको कुलको तेल आयतको १९ प्रतिशत पुगेको छ । जब कि दुई वर्ष पहिले १.५ मिलियन बीःबी थियो । गत वर्षको दोस्रो आधाआधीमा चीनमा इरानको निर्यात औसत १ मिलियन बीःबी थियो, यो २०२१ को सोही अवधिको तुलनामा १५० प्रतिशको वृद्धि हो । जहाँ पश्चिमी प्रतिबन्धहरूले जी–७ बाहिरका अरु देशलाई रूसी तेल आयात गर्न अनुमति दिन्छ, इरानी ऊर्जा उद्योग तथाकथित माध्यमिक प्रतिबन्धहरूको अधीनमा छ, जसले तेस्रो देशहरूमा तेल बेच्न प्रतिबन्धित गर्दछ । तथापि, २०२२ देखि, बाइडेन प्रशासनले प्रवर्तनलाई आराम दिएको छ –यदि यसको मतलब कम मूल्यहरू छन् भने नियमहरू तोडिएको हेर्न इच्छुक छन् । यसको नतिजा चिनिया आयातमा बृद्धि भएको छ, लाभार्थीहरू चीनका सरकारी स्वामित्वका फर्महरू भने होइनन्, तर जुन कुनै दिन प्रतिबन्धको सामना गर्न सक्छन्, यी विदेशमा कुनै उपस्थिति नभएका साना ‘नोट रिफाइनरीहरू‘ हुन् । बोनसको रूपमा, चीनले रूसबाट सस्तो ग्यास पनि पाउँछः पावर अफ साइबेरिया पाइपलाइन मार्फतको आयात भने पुटिनले युक्रेनमा आक्रमण गरेपछि दोब्बर भएको छ ।
रुस र इरानले चीनलाई तेल बेच्नुको विकल्प छैन । यसको विपरित, चीन पश्चिमबाट प्रविधिको आयातको प्रतिबन्धको अधीनमा छ – यसले वित्तीय प्रतिबन्ध वा व्यापार प्रतिबन्धहरूको भने सामना गर्दैन । यसले गर्दा चीनले अन्य जुनकुनै देशहरूबाट पनि तेल किन्न सक्छ, र किन्ने गर्छ । जसले चीनलाई यस्ता व्यापरिक वार्ता र मोलमोलाईमा उसको हात माथि पार्छ । चीनले रुसी र इरानी माल आपूर्ति गर्दा विश्वव्यापी तेलको मूल्यमा १५–३० डलर छुट सहुलियतमा किन्न पाउँछ । त्यसपछि उसले सस्तो तरिकाले उच्च मूल्यको हाइड्रोकार्बनहरू उत्पादन र प्रशोधन गर्दछ । २०१९ यता चीनको पेट्रोकेमिकल उद्योगको उत्पादन क्षमता विगत दुई वर्षमा बृद्धि भएको छ । यस्तो बृद्धि अन्य सबै देशहरूको तुलनामा उनीहरुको बराबरी भन्दा चीनको बढी हो ।
व्यापार चन्दा होइन तीनवटा देशहरू बीच वस्तु व्यापार बढाउन सधैंका लागि सजिलो तरिका हुन गइरहेको छ । सबैलाई तेल चाहिन्छः एक पटकमा एउटा जहाजबाट यो कहीं पनि पठाउन सकिन्छ । यद्यपि चीनसँग कुनै पनि वस्तु आपूर्तिकर्ताको निर्भरतालाई आफ्नो कुल आवश्यकताको १५–२० प्रतिशतसम्म सीमित गर्ने अनौपचारिक नीति भने छ । यसको मतलब यो इरान र रूसबाट आयात गर्न चाहने अधिकतम हिस्सा बराबरीजत्तिकै छ । दुई देशलाई व्यापरिक लाइफलाइन उपलब्ध गराउन व्यापार पर्याप्त भएपनि सामान आयातमा कमाएको कडा मुद्रा खर्च गर्न सकियो भने मात्रै दुवै पक्षलाई फाइदा हुन्छ । यसबाट अन्य प्रकारको व्यापार विकास गर्ने महत्वाकांक्षालाई विकास गर्न सकिन्छ । रुसमा चीनको निर्यात बढेको छ । कोभिड–१९ का बेलाको प्रतिबन्धहरूले यसको अर्थतन्त्रको घाँटी थिचिरहेका बेला चीनले उत्पादन–निर्यात बढाएर क्षतिपूर्ति गर्न खोजिरहेको छ । जुत्ता र टी–शर्टको सट्टा, यसले उच्च मूल्यका सामानहरू बेच्ने प्रयास गरिरहेको छः जस्तै मेसिनरी र मेकानिकल उपकरणहरू, जसको लागि रूस परीक्षण बजारको रूप रह्यो ।
गत वर्ष चिनिया अटोमोबाइलको सबैभन्दा ठूलो आयातकर्ता युरोप होइन, रुस बन्यो । ठूलो मात्रामा विद्युतीय सवारीसाधन खरिदकर्ता रुस बन्यो । जब कि रूसले युद्धअघि विद्युतीय कारको तुलनामा तीन गुणा बढी पेट्रोल कार किनेको थियो । खरिद–प्रबन्धक सर्वेक्षणहरूका अनुसार इरानी कम्पनीहरू ‘कच्चा माल‘ को निरन्तर कमीको मारमा छन् । हुन त परिष्कृत सामानहरूको पनि कमी छ । जस्तै कम्प्युटर चिपहरू, र प्लास्टिकका पार्टपुर्जाहरू जस्ता धेरै आधारभूत वस्तुहरू कच्चा मालको कमीको श्रेणीमा पर्दछन् । यसले इरानको उत्पादन उद्योगलाई अबरोध गरिरहेको छ, जुन यहाँको पेट्रोलियम क्षेत्र जत्तिकै ठूलो आर्थिक क्षेत्र हो । यद्यपि चीनले इरानको छिमेकी इराकमा केही पार्टपूर्जा र कारहरू प्रति महिना ३००० वा सोभन्दा बढीको निर्यात गरिरहेको तुलनामा इरानमा भने प्रति महिना ३००–६०० मात्र निर्यात गर्दछ । सिद्धान्तततः रूससँग चीनको थप व्यापारले इरानलाई मद्दत गर्न सक्छ । यी दुई देशले एकअर्कालाई उपयोगी सामान आपूर्ति गर्छन् । २०२२ देखि इरानले रुसलाई युक्रेनमा आक्रमण गर्न मिल्ने ड्रोन र हतियार प्रणाली बेचेको छ – यो सन् १९७९ को इरानी क्रान्तिपछि कुनै गैर–इस्लामिक देशलाई सैन्य समर्थन गरेको पहिलो घटना हो । यस वर्षको सुरुमा इरानले पनि रुसलाई ट्याङ्करबाट १ मिलियन ब्यारेल कच्चा तेल पठाएको थियो, यो पनि अर्को पहिलो घटना हो । यद्यपि रूसले २०२३ देखि क्यास्पियन सागरमा हुने जहाज–ट्राफिक डेटाको विस्तृत तथ्याङ्कहरू जारी गर्न बन्द गरेको थियो । २०२२ यता मात्र दुई देशीय व्यापारको सामान्य वृद्धि देखाउँदछ । तर पनि दुवै देशका नेताहरूले द्विपक्षीय व्यापारलाई बढावा दिने महत्वाकांक्षी लक्ष्य राखिरहेकै छन् । इरान र रूस बीचको व्यापार सीमितमात्रमा हुनुको मुख्य कारण तिनीहरूबीच साझा बैंकिङ च्यानलहरू र भुक्तानी प्रणालीहरू नहुनु हो । सरकारी दबाबको बावजुद, न त एसपीएफएस (रूसको स्विफ्टको विकल्प, विश्वव्यापी अन्तरबैंक सन्देश प्रणाली वाइएमआइआर (अमेरिकी क्रेडिट–कार्ड नेटवर्कहरूमा रूसको जवाफ) इरानी बैंकहरूले व्यापक रूपमा प्रयोग गर्दैनन् । डलरबाहेक अन्य मुद्राबाट व्यापार गर्ने प्रयासहरूले अगस्त २०२२ मा रूबल–रियाल एक्सचेन्ज गर्ने कामको शुरुवात गरिए पनि उनीहरुको कारोबारको मात्रा कमै रह्यो । लामो अवधिको प्रतिबन्धहरूको प्रतिरोध गर्न, इरान र रसियालाई लगानी बढाउन आवश्यक पर्छ – अहिले सहयोगको सबैभन्दा कमजोर क्षेत्र नै यही हो ।
इस्लामिक गणतन्त्रमा चीनको प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात २०१४ देखि एकैनासको रहेको छ । यद्यपि चीनले अन्य उदीयमान अर्थतन्त्रहरूमा पैसा खन्याएको छ, यसको तुलनामा लगभग ३ बिलियन डलर बराबरको इरानी अर्थतन्त्रको आकारका लागि अझै पनि यस्तो लगनाी नकारात्मक नै छ । इरानका राष्ट्रपतिको पछिल्लो बेइजिङ भ्रमणको क्रममा १० अर्ब डलर चीनले इरानमा लगानी गर्ने सम्झौता भएको छ । तर सन् २०२२ मा इरानको ठूलो प्रतिद्वन्द्वी रहेको साउदी अरेबियालाई चीनले ५० अर्ब डलर सहायताको प्रतिवद्धता गरेको थियो । यद्यपि चीन देशको उत्तरमा रहेका ग्यास–लिक्विफिकेशन सुविधाहरु आर्कटिक एलएनजी जस्ता रूसी परियोजनाहरूमा संलग्न रहेको छ । तर यसले पश्चिमी फर्महरूले फ्याँकिएको सम्पत्तिहरू खोसेको छैन, एक थिङ्क–ट्याङ्क सीएनएसका राहेल जिम्बाले टिप्पणी गरे, न त नयाँ उद्यमहरूलाई समर्थन गरेको छ । रुसले चीनको पावर अफ साइबेरिया–२ पाइपलाइनको बैंकरोल गर्ने अपेक्षा गरेको थियो, किनकि यो पूरा भएपछि मिडल किंगडमहरुमा ५० अर्ब घन मिटर ग्यास पु¥याउने लक्ष्य राखिएको छ । यो लगभग रुसको सबैभन्दा ठूलो पाइपलाइनले युरोपमा निर्यात गर्न प्रयोग गरे जत्तिकै हो । चीनको सहयोगबिना यो आयोजना अहिले अघि बढ्न सकेको छैन ।
साथीहरूको तर्फबाट सानो सहयोग
गठबन्धनले पहिले नै उल्लेखनीय कुरा हासिल गरिसकेको छः आफ्ना साना सदस्यहरूलाई पश्चिमी प्रतिबन्धहरूको सामना गर्दै पतन हुनबाट बचाउँदै आएको छ । । तर के यो पूर्ण क्षमतामा पुगेको छ त ? यसको जवाफ हो बाहिरी र आन्तरिक अवरोधहरू पार गर्न सदस्यहरूको क्षमतामाथि निर्भर गर्दछ । यिनीहरुले विभिन्न फोरमहरूबीचको सहयोग र सीमापार लगानी प्रवर्द्धन गर्ने लक्ष्य राखेका छन् । गत जुलाईमा इरान, शाङ्घाई सहयोग संगठनको नवौं सदस्य बनेको थियो । यो चीनको नेतृत्वमा रहेकोसुरक्षा गठबन्धनमा रुस पनि समावेश छ । गत डिसेम्बरमा इरानले रूसको नेतृत्वमा रहेको युरेशियन इकोनोमिक युनियनसँगको स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर ग¥यो, जसले मध्य एशियाका धेरै भाग समेट्छ । जनवरीमा इरान ब्रिक्समा सामेल भयो, यो उदीयमान बजार समूह हो, जसमा चीन र रुस दुवै समावेश छन् । यी भेटघाटहरूले तीनैबटै क्षेत्रमा काम गर्ने थप अवसर दिएका छन् । भर्खरैका शिखर सम्मेलनहरूमा, इरानी र रूसी मन्त्रीहरूले अन्तर्राष्ट्रिय उत्तर–दक्षिण यातायात कोरिडोर (आएनएसटीसी), जो रुसलाई इरान हुँदै हिन्द महासागरमा जोड्ने ७२०० किलोमिटर लामो मार्ग विस्तार गर्ने वार्तालाई पुनः व्युँताएका छन् । इरान र रुसका कर्मचारीतन्त्रहरूसँग एकअर्कासँग आपसमा काम गर्ने अपेक्षाकृत कम अनुभव छ, र आवश्यक लगानीको मात्रा डरलाग्दो छ । रूस समर्थित यूरेशियन विकास बैंकले इरान र रूसमा मात्र २६ बिलियन डलरको लगानी आवश्यक पर्ने अनुमान गरेको छ । लगानीमैत्री सहकार्यका लागि अलिक बढी नै अपरिचित दुई देशहरूमा यस्तो कोष जम्मा गर्न, प्रतिबन्धहरूले मार पारिहेको बेलामा कठिन हुन सक्छ । तर पनि यस दिशामा काम गर्ने विचारलाई भने व्यवहारिक रुप दिन खोज्दैछन् । फेब्रुअरी १ मा राजदूतहरूले उत्तरी इरानमा कार्गो ट्रान्जिटलाई सहज बनाउन सक्ने १.६ बिलियन डलरको रश्त–अस्तारा रेलवेका लागि अर्को चरणको छलफल गरेका छन् । गत वर्ष रसियाले पहिलो पटक रेलबाट इरानमा सामान पठाएर आइएनएसटीएसको एउटा सानो हिस्साको प्रयोग गरेको थियो । अझ गम्भीर समस्याका रुपमा इरान र रुसको अर्थतन्त्र प्राकृतिक व्यापार साझेदारीमा धेरै समान छन् । प्रत्येक निर्यात हुने शीर्ष १५ श्रेणीका वस्तुहरूमध्ये नौवटा दुवैका साझा छन् । तिनीहरूका १५ ठूला आयातहरू मध्ये दसवटा उस्तै छन् । रुसका १५ मुख्य माग भएका सामान मध्ये दुईवटा मात्र इरानको शीर्ष निर्यातमा गनिन्छन् । जहाँ इरानँँग रसियाले कार, इलेक्ट्रोनिक्स र मेसिनरी जस्ता मागहरुलाई पूरा गर्नसक्छ, तर रूसको उत्पादन क्षमता सीमित छ । बिभिन्न प्रतिबन्धहरुले गर्दा कमी आएको व्यापारिक लाभसँग, दुई देशहरु बीचको सम्बन्ध थप प्रतिस्पर्धात्मक हुनेछ । विशेषगरी जब यो ऊर्जा निर्यातका क्षेत्रमा लागू हुन्छ । पश्चिमले रूसको तेलमा प्रतिबन्ध लगाएपछि, यसले चीनको आयातको ठूलो हिस्सा जित्न इरानसँग प्रतिस्पर्धा गरिरहेको छ, जसको परिणामस्वरूप मूल्य युद्ध हुन पुग्यो । यो इरानले हारेको लडाईं हो । इरानले केहीमात्रामा कच्चा तेल चीनमा पनि पठाउन सक्छ, यो भने सस्तो विकल्प हो । रुसको हात माथि परेकाले आफ्ना सहयोगीहरूलाई सहयोग प्रदान गर्नमा कुनै चासो राख्दैन । युद्धको प्रारम्भमा, युक्रेनका समर्थकहरूलाई डर थियो कि रूस र इरानले प्रतिबन्धहरू बेवास्ता गर्न संयुक्त टोली बनाउँछन् । यसको सट्टा, रूसले ट्याङ्करहरूको आफ्नै ‘छायाँ‘ फ्लीट विकास ग¥यो र इरानीहरूलाई कुनै पहुँच दिएन ।
अनुसन्धान संगठन मीसका येसर अल–मालेकी भन्छन् ‘इरानले आफ्नो विशाल ग्याँस भण्डारहरू प्रयोग गर्न रूसी कोष र प्रविधि खोजेको छ, तर रूसले हालसम्म थोरै मात्र सहयोग गरेको छ ।‘ अन्य कतिपय क्षेत्रमा चीन इरानको प्रतिस्पर्धी बनेको छ । हालसम्म, इस्लामिक गणतन्त्रको ठूलो उत्पादनको स्रोत आधार लचिलोपन थियो । देशले बदाम र प्रसाधनहरू बेच्नको लागि अवमूल्यन गरिएको मुद्राको फाइदा लिनसक्छ, एक थिङ्क ट्याङ्कका सदस्य बोर्सक एसफन्दयार बटमाङ्गेलिडज भन्छन्, यसको आशा, समयको साथ, मूल्य श्रृखला बढ्ने, वातानुकूलित एकाइहरू र सायद कारहरू पनि निर्यात गर्ने थियो । चीनले त्यस्ता सपनाहरु देखाएको छ । यो उच्च मूल्यको निर्याततर्फ सर्दै जाँदा, यसले इरानको लक्षित बजारहरूलाई यी वस्तुहरूको सस्ता र राम्रा संस्करणहरू उपलव्ध गराइरहेको छ । पश्चिमको थोक माध्यमिक तहको प्रतिबन्धहरूप्रति अझै थोरै भोक देखिन्छ । तर भइरहेका उपायहरूले समस्या निम्त्याउनेछ । डिसेम्बरमा अमेरिकाले निर्माण, उत्पादन र प्रविधिलगायतका उद्योगहरूमा रूसी फर्महरूसँग कारोबार गर्ने जो कोहीलाई जरिवाना गर्ने घोषणा ग¥यो । यी २०११ मा इरानमा लगाएको प्रतिवन्ध जस्तै देखिन्छ, यसलाई पछि २०१५ मा आणविक सम्झौतामा हस्ताक्षर गरेपछि निलम्वन गरिएको थियो । निलम्बन हट्नुअघि, पश्चिमी प्रतिवन्धका कारण चीनबाट इरानमा हुने आयात घटेको थियो । केही चिनिया बैंकहरूले पहिले नै रूसी व्यापार छोड्दै गरेका प्रमाणहरु पनि छन् । यद्यपि यी नयाँ प्रतिबन्धहरूले रूसको ऊर्जा क्षेत्रलाई लक्षित गर्दैनन्, यदि बैंकहरूले ऊर्जा दिग्गजसँगको व्यापार रोकेर प्रतिक्रिया जनाए भने तिनीहरूले चीन बाहेक अन्य ग्राहकहरूसँग रूसको तेल व्यापारमा बाधा पु¥याउन सक्छन् । अक्टोबरदेखि अमेरिकाले रुसमाथिको प्रतिबन्धको उल्लंघन गरेको भन्दै ५० वटा ट्याङ्करमाथि प्रतिबन्ध लगाएको छ । तिनीहरूमध्ये लगभग आधाले रूसी तेल लोड गरेका छैनन् ।
यी सबैले इरानसँग प्रतिस्पर्धा बढाउन बाध्य बनाएर रुसका लागि चीनतर्फको निर्यातलाई झनै आवश्यक र कसिलो बनाउँदैछ । अमेरिकाले आफ्नो जलक्षेत्रबाट तेलको तस्करी रोक्न मलेसियामा झुकेर भएप पनि इरानी बहावलाई रोक्न निसास्साएको ज्वालालाई अझ बलियो बनाउन सक्छ । र चीन आफैं बढ्दो छानबिन प्रक्रियामा छ । फेब्रुवरीमा युरोपियन युनियनले रुसलाई सहयोग गर्ने तीन चिनिया कम्पनीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
स्केरियोमिटर
यस चरणमा, त्यसोभए, पश्चिम विरोधी तत्व चिन्ताजनक छन्, तर वास्तवमा डरलाग्दो अवस्था छैन । आगामी वर्ष र दशकहरूमा कसरी विकास हुनेछः सम्भावित परिदृश्य भन्ने सन्दर्भमा यो एक साँचो साझेदारी बन्नुको सट्टा चीनको हितमा सेवा गर्ने वाहन हो । चीनले यसलाई प्रयोग गर्नेछ, जबसम्म उसले अवसरवादी फाइदा लिनसक्छ, र यसलाई उचित उडानबाट रोक्न सक्छ । पश्चिममा आफ्नो व्यवसायलाई जोखिममा पार्न नचाहने चीनले वैकल्पिक व्यापार मार्ग वा भुक्तानी प्रणालीको पछाडि आफ्नो शक्ति प्रयोग गर्न अस्वीकार गर्नेछ । तैपनि यदि अमेरिकाले, सायद ट्रम्पको दोस्रो राष्ट्रपतिय कार्यकालको समयमा, चीनलाई पश्चिमी बजारहरूबाट बाहिर निकाल्ने प्रयास गर्यो भने त्यो परिवर्तन हुन सक्छ । गुमाउनको लागि थप केही नभई, चीनले वैकल्पिक ब्लक बनाउन धेरै ठूलो स्रोतहरू लगाउनेछ, र अनिवार्यरूपमा विद्यमान सम्बन्धहरू निर्माण गर्न र आफ्नो गठबन्धनलाई फराकिलो बनाउने प्रयास गर्नेछ । जूनियर साझेदारहरू खुसी नहुन सक्छन् । चीनले आफ्नो निर्यात पुनः निर्देशित गर्दा तिनीहरूका उत्पादन उद्योगहरूले पीडा पाउनेछन् । अमेरिका पनि पीडित हुनेछः यसका उपभोक्ताहरूले उनीहरूको आयातको लागि बढी मूल्य तिर्नु पर्नेछ र समयसँगै यसका नेताहरूले विश्वव्यापी व्यापार प्रणालीमा उनीहरूको प्रभुत्वको लागि पहिलो गम्भीर चुनौती देख्नेछन् ।
स्रोतः दि इकोनोमिष्ट, १८ मार्च, २०२४ ।
(सन् २०२४ मा विश्को आधाभन्दा बढी जनसंख्या प्रभावित हुने निर्वाचन भइरहँदा र विशेषगरी मध्यपूर्व र युक्रेन युद्धका कारणले पश्चिमी विश्व रुस–चीन र इरानबीचको संम्भावित रणनैतिक साझेदारी, जो पहिले नै बनिसकेको छ, यसबाट कति धेरै भयभित छ भन्ने बुझ्नका लागि इकोनोमिष्टको यो अर्थ भूराजनीतिक विश्लेषण उपयोगी हुने ठानेर, त्यसको भावानुवाद यहाँ दिइएको छ – सम्पादक)
प्रतिक्रिया दिनुहोस्