ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तरी क्षेत्रबाट हुने उद्धार उडानमार्फत सुन तस्करीको आशंका


एबीसी न्यूज
७ चैत्र २०८०, बुधबार   १२ : ५५   बजे

काठमाडौं ७ चैत । चीनसँग सीमा जोडिएको उत्तरी नाका आसपासबाट हुने हेलिकोप्टरको उद्धार उडानमार्फत सुन तस्करी हुने गरेको आशंका गरिएको छ ।

सुन तस्करीबारे छानबिन गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित जाँचबुझ आयोगले उद्धारका लागि प्रयोग हुने हेलिकोप्टरबाट समेत सुन तस्करी हुने गरेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको हो । त्यसबारे आफूहरुलाई सुराकहरु प्राप्त भए पनि दिन र समय नै तोकेर भने विवरण प्राप्त नभएको आयोगका एक सदस्यले बताए ।

आयोगले केही विषयमा विस्तृत छानबिन गर्नुपर्ने देखिएको भन्दै प्रहरी प्रधान कार्यालय, नक्साललाई पत्राचार गरेको उनले बताए । आयोगले प्रतिवेदनमा हेलिकोप्टरमार्फत समेत सुन तस्करी भएको सूचना प्राप्त भएको बताउँदै यसको नियन्त्रणका लागि आवश्यक उपाय अवलम्बन गर्नुपर्ने भनिएको छ ।

‘विरामीलाई उद्धार गरेर आएको हेलिकोप्टरलाई समेत निगरानीमा राख्नुपर्ने सुझाव दिएका छौं, सुत्केरी लिन गएको हेलिकोप्टरमा समेत सुन आएको सूचना पाएका थियौं’, उनले थपे, ‘यसका लागि निश्चित ठाउँमा मात्र उद्धार हेलिकोप्टर अवतरण गराउनुपर्ने र त्यहाँ सीसी टीभी राख्नुपर्ने भनेका छौं ।’

हेलिकोप्टर सेवा प्रदायकले पनि नागरिक उड्डयन प्राधिकरणसँग विवरण टिपाएर मात्र परिचालित हुनुपर्ने भनिएको छ । आयोगले हेलिकोप्टर सेवाको विवरण समेत मगाएर अध्ययन गरेको स्रोतको भनाइ छ ।

आयोगमा छलफलका लागि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बोलाएका बेला समेत यो विषयमा सोधिएको ती सदस्यले बताए ।

आयोगका अध्यक्ष डिल्लीराज आचार्यले भने प्रतिवेदनमा भएका विषयवस्तुबारे विस्तृतमा बताउन चाहेनन् । ‘थप अनुसन्धान हुनुपर्ने विषय भएकाले यो सरकारको कुरा भयो, हामीले समग्रमा कसरी तस्करी नियन्त्रण गर्ने भन्नेबारे सुझाव पनि दिएका छौं’, उनले  भने, ‘वस्तुगत तथ्य देखिएका आधारमा प्रतिवेदन तयार गरेर बुझाएका छौं ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group