काठमाडौं ७ चैत । अन्तरराष्ट्रिय ओलम्पिक समितिले यसै वर्ष पेरिसमा हुन लागेको ओलम्पिक खेलको उद्घाटन समारोहमा रुस र बेलारुसका खेलाडीहरूले भाग लिन नपाउने जनाएको छ।
समितिले यसबारेमा प्रष्ट पार्दै यी दुई देशका खेलाडी व्यक्तिगत रुपमा प्रतिस्पर्धामा भाग लिन सक्ने जनाएको छ। ुयी दुई देशका खेलाडी व्यक्तिगत रुपमा भाग लिन पाउने छन्। व्यक्तिगत रुपमा भाग लिने भएकाले उनीहरूलाई ओलम्पिकमा खेल्न दिइनेछ।ु
अहिलेसम्म रुसी राहदानीसहित १२ खेलाडी र बेलारुसको राहदानीसहित ७ खेलाडीले पेरिस ओलम्पिकमा प्रतिस्पर्धाका लागि निवेदन दिइसकेका छन्।
फेब्रुअरी २०२२ मा रूसले युक्रेनमा हमला गरेपछि यी दुई देशका खेलाडीका लागि ओलम्पिक खेलमा भाग लिन प्रतिबन्ध लगाइएको छ।
तर पनि यी दुई देशका खेलाडीहरूलाई व्यक्तिगत रुपमा खेलमा सहभागी हुन दिइन्छ। उनीहरूलाई आफ्नो देशको राष्ट्रिय झन्डामुनि खेल्न भने निषेध गरिएको छ।
पेरिस ओलम्पिक समितिको शर्त अनुसार यी खेलाडीले अब आफ्नो देशको राष्ट्रिय झण्डा र राष्ट्रगानबिना खेल्ने छन्।
प्रतिक्रिया दिनुहोस्