ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनसँग तत्काल बीआरआई कार्यान्वयन सम्झौता नहुने


एबीसी न्यूज
८ चैत्र २०८०, बिहिबार   १ : ३४   बजे

काठमाडौं ८ चैत । चीनसँग तत्कालै बेल्ट एण्ड रोड इनिसियटिभ बीआरआई परियोजना कार्यान्वयन सम्झौता नहुने भएको छ। उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको चैत ११ गतेदेखि हुने चीन भ्रमणको क्रममा सम्झौता हुने चर्चा थियो।

चीनले अगाडि बढाएको बीआरआई परियोजनामा नेपाल समावेश भए पनि यसको कार्यान्वयन सम्झौता हुन सकेको छैन। यसअघि नेपालले बीआरआईअन्तर्गत नौवटा परियोजना राख्ने प्रस्ताव चीनसमक्ष गरेको थियो।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले बीआरआई सम्झौताबारे छलफल गरे पनि कुनै निर्णय नगरेको एक मन्त्रीले बताए।

‘परराष्ट्रमन्त्रीको अहिले हुन लागेको चीन भ्रमणकै बेला बीआरआई सम्झौता हुँदैन, परराष्ट्रमन्त्री बीआरआई सम्झौता गर्न बेइजिङ जान लाग्नुभएको होइन,’ मन्त्रिपरिषद बैठक सकेर बाहिरिएका एक मन्त्रीले भने, ‘तर पछि कुनै अनुकूल समयमा बीआरआई सम्झौता हुन सक्छ, त्यो आवश्यक पनि छ।’

परराष्ट्रमन्त्री भएपछि दर्जनौँ देशका राजदूतहरूसँग भेटवार्ता गरिरहेका श्रेष्ठले ‘परराष्ट्र नीतिमा राष्ट्रिय सहमति हुनु पर्ने’ बताउँदै आएका छन्। जुन सहमतिबाट एमसीसी, बीआरआई लगायतका भूराजनीति जोडिएका परियोजना अगाडि बढाउन सहज हुने मन्त्री श्रेष्ठको संकेत छ।

बेइजिङमा विदेशमन्त्री वाङ यीसँग परराष्ट्रमन्त्री श्रेष्ठको भेट तय, बोआओ हैन कैलाश जाने
परराष्ट्रमन्त्री श्रेष्ठ चैत ११ गते ग्वान्झाओ हुँदै बेइजिङ पुग्ने कार्यतालिका छ। बेइजिङमा १३ गते चीनका विदेशमन्त्री वाङ यीसँग दुई पक्षीय वार्ताको क्रममा नेपाल–चीनबीच बीआरआई सम्झौता पनि गर्ने तयारी थियो।

नेपाली कांग्रेससँगको गठबन्धन भत्काएर एमाले, रास्वपासँग फेरि गठबन्धन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल चीनसँग बीआरआई सम्झौता गर्न चाहन्छन्। प्रधानमन्त्रीले त्यही अनुसार तयारी गर्न भनेपछि केही दिनअघि नै ‘बीआरआई कार्यान्वयन सम्झौता’ को मस्यौदा चीनका राजदूतलाई दिइएको बताइएको छ। परराष्ट्रमन्त्री श्रेष्ठको चीन भ्रमणका क्रममा बेइजिङमा यो सम्झौता गर्ने तयारी थियो।

तर त्यसयता केही दिन प्रधानमन्त्री प्रचण्डमाथि बीआरआईमा अगाडि नबढ्न व्यापक दबाब आएपछि तत्काललाई यो स्थगित गरिएको हुन सक्ने स्रोतहरूले दाबी गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu