ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनले २०२७ सम्म ताइवान आक्रमण गर्ने शक्ति बटुल्दैछ: अमेरिका


एबीसी न्यूज
८ चैत्र २०८०, बिहिबार   ६ : ०४   बजे

एजेन्सी/ अमेरिकी सेनाका एक कमान्डरले चीनले २०२७ मा ताइवानमाथि आक्रमण गर्ने क्षमता हासिल गर्नेगरी तयारी गरिरहेको बताएका छन्। अमेरिकी संसदको आर्म्ड सर्भिस कमिटीमा बयान दिँदै इन्डो प्यासिफिक कमान्डका कमान्डर एड्मिरल जोन अकिलिनोले बुधबार यस्तो बताएका हुन्।

चीनको रक्षा बजेट बढेर २२३ अर्ब डलर पुग्नु र दोस्रो विश्वयुद्ध समाप्तिपछि कहिल्यै नदेखिएको गतिमा उसले सेना र आणविक हतियार निर्माण गर्नुले त्यही देखिएको उनको भनाइ छ।आफूले अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमान्ड सम्हालेको तीन वर्षमा चिनियाँ जनमुक्ति सेनाले ४ सय वटाभन्दा बढी लडाकु विमान र २० वटाभन्दा बढी ठूला युद्धपोत थपेको उनको भनाइ छ। त्यस्तै, चीनले २०२० यता ब्यालिस्टिक र क्रुज क्षेप्यास्त्रको संख्या पनि दोब्बर पारेको अकिलिनोले बताए।

‘सबै संकेतहरुले के देखाउँछन् भने राष्ट्रपति सी चिनफिङको निर्देशनमुताबिक पीएलए २०२७ सम्म ताइवान आक्रमणका लागि तयार हुँदैछ,’ उनले भने, ‘आदेश आए ताइवानलाई मुख्यभूमिसँग बलपूर्वक एकीकरण गर्ने क्षमता त्यो अवधिमा हासिल गर्न तयार हुँदै गरेको पीएलएका गतिविधिले देखाउँछन्।’

ताइवानमाथि आक्रमणको सैन्य अभ्यास पनि चिनियाँ सेनाले गरिरहेको उनको भनाइ छ। राष्ट्रपति सीले २०२७ सम्ममा चिनियाँ सेना ‘उत्तम सेना’ बनाउने लक्ष्य राखेका थिए। यसलाई लिएर अमेरिकी सांसद, सरकारी अधिकारी र सैन्य कमान्डरहरुले अनेक आकलन गर्दै आएका छन्। चीनले २०२७ मा ताइवान कब्जा गर्नसक्ने अड्कल पनि गरिँदै आएको छ। अकिलिनोले एक वर्षअघि त्यो अड्कल मात्र भएको बताएका थिए। तर, चीनले ताइवानसँग सैन्य द्वन्द्व नचाहेको अमेरिकी गुप्तचर निकायको निष्कर्ष छ।

ब्लुमबर्ग

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu