ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संयुक्त राष्ट्रसंघमा अमेरिकी नेतृत्वको युद्धविराम प्रस्तावमाथि रुस र चीनको भिटो


एबीसी न्यूज
९ चैत्र २०८०, शुक्रबार   ८ : ४१   बजे

काठमाडौं ९ चैत(एजेन्सीको सहयोगमा):  रुस र चीनले शुक्रबार संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा अमेरिकी प्रस्तावमाथि भिटो प्रयोग गर्दै तत्काल गाजामा ‘दिगो युद्धविराम’ को आह्वान गरेका छन् । युद्ध सुरु भएदेखि नै वाशिंगटनको कडा भाषा समावेश गर्ने उपायलाई अस्वीकार आज रुस र चीनले फेरि भिटो प्रयोग गरेका छन् ।
युएस–समर्थित प्रस्तावले युद्धमा इजरायलको आचरणसँग बाइडेन प्रशासनको बढ्दो निराशालाई देखाएको छ। इजरायललाई दक्षिणी गाजा सहर रफाहमा आक्रमण नगर्न दबाब दिने उद्देश्य थियो, जहाँ सयौं हजार नागरिकहरू शरणार्थीका रुपमा रहेका छन् । तर सरक्षा परिषदमा वाशिंगटनको आफ्नै भिटो शक्तिको प्रयोग र स्थायी युद्धविरामको लागि आह्वान गर्न अस्वीकार गर्ने कदमले गर्दा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको विभाजनले गर्दा शुक्रबारको प्रस्तावलाई खेर गएको छ ।

बाइडेन प्रशासनले शुक्रबार गाजामाथिको युद्ध रोक्ने प्रयासलाई गति दिइरहेको थियो । यतिबेला विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले तेल अवीवमा इजरायली नेताहरूसँग भेट गरिरहेका छन् । यसै बीच सीआइएका निर्देशक कतारको यात्रामा छन् । दोहामा मध्यस्थकर्ताहरूले युद्धविराम सम्झौतामा सहमत गराएर इजरायल र हमासबीचको द्धन्द्ध कम गर्न खोजिरहेको बताइएको छ ।
विदेशमन्त्री ब्लिन्केनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र इजरायलको युद्ध मन्त्रिपरिषद्का सदस्यहरूसँग, उनीहरुबीच गहिरो तनाब बढिरहेका बेला आपसी मतभेदलाई कम गर्नेगरी छलफल गरिरहेका छन् ।

रुस र चीनले प्रस्तावको अस्पष्ट भाषाका कारण उनीहरूले भिटो प्रयोग गर्नु परेको बताएका छन् । स्पष्ट रूपमा युद्धविरामको लागि ूआह्वानू वा ूमागू गर्नुको सट्टा, विगतका प्रस्तावहरू जस्तै, यूएस–ड्राफ्ट गरिएको प्रसस्तावले सुरक्षा परिषदले ूतत्काल र दिगो युद्धविरामको अनिवार्यता निर्धारण गर्दछ।ूभन्नुले इजरायललाई मानवीय नरसंहारबाट मुक्ति दिलाउन खोजेको बताएका छन् । संयुक्त राष्ट्रका लागि रसियाका राजदूतले प्रस्ताव अमेरिकाको पक्षमा लेखिएको ूखाली बयानबाजी अभ्यासू मात्र भएको भन्दै निन्दा गरे।
चीनका संयुक्त राष्ट्रका लागि चिनिया राजदूतले संयुक्त राज्य अमेरिकालाई ूमहत्वपूर्ण मुद्दाहरूमा अस्पष्ट र बेवास्ता गर्दै शब्दहरूको खेल खेलेकोू आरोप लगाएका छन् ।

यादहरु अमिट हुन्छन् । गाजामा भीडभाडको बीचबाट अस्पतालको ढोकाबाट रगतले लतपतिएका प्रियजनहरूलाई बोकेर चिच्याइरहेका परिवारहरूहरुका यादहरु कहिल्यै नमेटिने खालका भएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu