ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्रिटिश आर्मीमा डाइरेक्ट मेजर पदमा पहिलो गोर्खा


abc tv
११ चैत्र २०८०, आइतबार   ७ : ३०   बजे

युके । बेलायतको इतिहासमा गोर्खाहरु विगत दुई सय आठवर्षदेखि सेनाको अन्य रैंकमा भर्ती भएर सेवाकालमा अफिसर तहमा पुगेर सेवा निवृत्त हुने गर्दै आएका छन । पछिल्लो समयमा गोर्खाली मुलका व्यक्तिहरु डाईरेक्ट ब्रिटिश आर्मीका विभिन्न विभागमा डाईरेक्ट क्याप्टैन तहसम्म कमिशन प्राप्त गरेर अफिसर तहमा सेवा गर्दै आइरहेका छन् । सबैभन्दा पहिले गोर्खा समुदायबाट मेजर तहमा कमिशन प्राप्त गर्ने व्यक्ति डा. सुदर्शन गुरुङ बनेका छन् ।

बरिष्ठ साहित्यकार तथा समाजसेवी बुवा सुमलकुमार गुरुङ र आमा सारादेवी गुरुङको कोखबाट पर्वत जिल्ला मोदी गाउँपालिका वडा नम्बर ८, चित्रेमा सन् १९८७ मा जन्मेका सुदर्शन गुरुङले सन् २०१० सालमा नेपाल मेडिकल कलेजबाट एमबिबिएस पास गरेर सन् २०१२ मा बेलायत आएर चिकित्सक सेवामा सेवा गर्न थालेका थिए ।

चिकित्सक सेवामा संलग्नता रहेपश्चात एमआरसीपी (एमडी तह) त्यसपछि एफआरसिपि ह्यामोटलाजी को कन्सल्ट्यान्ट (विशेषज्ञ) तहको अध्ययन पूरा गरेर चिकित्सक क्षेत्रमा कार्यदक्षता हासिल गर्दै आएका थिए ।

बेलायतको चिकित्सा क्षेत्रमा नेपाली समुदायबाट सबैभन्दा कम उमेरमा केन्टस्थित मिडवे अस्पताल, जिलिंगहाममा क्यान्सर विभाग प्रमुख हुने श्रेय पनि डा. सुदर्शनलाई जान्छ ।

कलिलै उमेरदेखि आफ्नो अध्ययन र सेवामा दत्तचित्त भई अघि बढिरहेका मेजर डा. सुदर्शन गुरुङले चिकित्सा क्षेत्रमा धेरै कल्याणकारी कामहरु गरिसकेका छन् । नेपालको महाभूकम्पको बेला डा. कपिल रिजाल सहित डाक्टरहरुको समूहमा अघिल्लो पंंक्तिमा उभेका डा. सुदर्शन गुरुङले बेलायतमा स्वास्थ्य शिविरहरुको कार्यक्रमहरुमा सक्रिय भूमिका निभाउँदै आएका छन् ।

आफ्नै प्रयासमा केही आर्थिक रकम संकलन गरेर नेपालको मुसहर बस्तीमा स्वास्थ्य शिविरको आयोजना गरेर गरिब निमुखाहरुको लागि निःशुल्क सेवा र औषधोपचार उपलब्ध गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group