ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काम गर्न नसके सत्तामा टाँसिएर बस्दैनौँ, राजीनामा पत्र झोलामै छ- गृहमन्त्री


एबीसी न्यूज
११ चैत्र २०८०, आइतबार   ४ : ३०   बजे

काठमाडौं ११ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जनताका लागि केही काम गर्न सकिने आशासहित सत्तामा गएको बताएका छन्।

फागु पूर्णेका अवसरमा आइतबार चितनवको खैरहनीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

‘चुनावका बेला बोलेका कुरा हामीले छाडेका छैनौँ। हामीले नागरिकका मुद्दाबाहेक कसैको मुद्दा कोबेको छैनौँ। हामीले कसैलाई जोगाउन फसाउन र बचाउनु छैन’, उनले भने, ‘हामी सरकारमा गएपछि केही परिणाम देखिँदैछन्। ट्रेलर देखिँदैछन्, हामी फिल्म पनि देखाउँछौँ।’

 

उनले कुनै पनि दलको पक्षमा बहुमत जनमत नभएकाले पनि सरकारमा गएर जनताको काम गर्न सकिने निष्कर्ष निकालिएको बताए।

‘जनमत त्यस्तै छ, एउटा कुनै दलको बहुमत नभएको अवस्थामा सरकारमा पुगेर जनताको सेवा गर्न सकिन्छ भने किन जोखिम नमोल्ने भन्ने भएको छ’, उनले भने, ‘यो चार वर्षमा हामीले बेथिति टुलुटुलु हेरेर बस्न सक्दैनौँ भनेको हो। गर्न बाँकी काम धेरै छन्। हामी काम गरेर देखाउँछौँ।’

उनले देशमा धेरै धुलो रहेको पनि बताए। ‘धुलो र फोहोर धेरै छ। धेरै छिटो हिँड्नु भएको छैन लडिन्छ’, उनले भने, ‘माछा दुई किसिमका छन्, किसानका माछा र ठूलामा माछा हामीले दुवैको टेक केयर गर्नेछौँ। माछा मिठो तर खाँदा काँडा अड्किने पनि हुन्छ। त्यसैले हामीले होस गरेर यी दुवै माछाबारे काम गर्नुछ।’

लामिछानेले जनतालाई सुशासन दिनुपर्ने बताए। ‘कानुन पल्टाउनुस् गृहमन्त्रीको आदेश चाहिँदैन। तस्कर गुन्डा र अपराधीलाई समात्न गृहमन्त्रीको आदेश चाहिँदैन’, उनले प्रहरी अधिकारीहरूलाई भने, ‘कानुनले जे भन्छ त्यही हुन्छ। बर्दी लगाएर बसेका प्रहरी अधिकारीलाई अधिकार दिएको छु।’

उनले बेइमानीको बाटो हिँड्दा केही नहुने बताउँदै तर आफूहरू इमानको बाटो हिँड्दा तनाव नै तनाव रहेको बताए।

‘सरकारमा जानु हाम्रा लागि नागरिकको सेवाको अवसर हो’, उनले भने, ‘बाटो लामो छ। काम गर्न नसक्दा हामी सत्तामा टाँसिएर बस्दैनौँ, झोलामा राजीनामा पत्र बोकेका छौँ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सुनसरीको कप्तानगञ्जमा मध्यरातमा झडप, प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, दर्जन बढी घाइते

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu