ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रविबारे कांग्रेसलाई एमालेको जवाफ प्रमाण भेटिए पद छाड्नु हुन्छ, छानबिन पनि हुन्छ


एबीसी न्यूज
११ चैत्र २०८०, आइतबार   ४ : ३६   बजे

काठमाडौं ११ चैत । प्रमुख सत्तारुढ नेकपा एमालेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दोहोरो चरित्र देखाएको जनाएको छ।

आइतबार च्यासलमा बसेको सचिवालय बैठकपछि बोल्दै एमाले उपहासचिव प्रदीप ज्ञवालीले कांग्रेसका मन्त्रीहरू झन्डा हल्लाउँदै अख्तियारमा जाँदा पनि पदमा बसिरहेको बताए।

‘विगत बालकुमारी घटनापछि उच्चस्तरीय आयोगले दोषी देखाउँदा पनि पद नछाडेको हामीलाई थाहा छ। टेरामक्स प्रकरणमा अख्तियारले बयानमा बोलाउँदा झन्डा हल्लाउँदै जाँदा पनि कांग्रेसका मन्त्रीहरूले पद छाड्न इन्कार गरेको ज्ञवालीले बताए।

 

‘बयानमा बोलाएपछि न्यूनतम् नैतिकता पनि नदेखाई झन्डा हल्लाएर हिँड्नु भयो। कांग्रेसका मन्त्री ९मोहन बस्नेत० झण्डा हल्लाएर बयान गर्न जानुभयो’, उनले भने, ‘उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको हकमा राज्यका कुनै नियामक निकायले प्रमाण देखाएमा उहाँले पद छाड्नु हुन्छ। रविविरुद्ध औपचारिक रुपमा मुद्दा दायर गरिएको छैन।’

एमाले उपमहासचिव ज्ञवालीले एकातिर रविलाई प्रधानमन्त्री प्रस्ताव गरेको कांग्रेसले गृहमन्त्री हुँदा राजीनामा मागेर दोहोरो चरित्र देखाएको बताए।

‘एकातिर उहाँहरू उनै मान्छेलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्नु हुन्छ। अर्कातितर त्यही मान्छे गृहमन्त्री हुन सक्दैन भन्ने तर्क गरिरहनु भएको छ, यो हुन सक्दैन’, उनले भने, ‘प्रमाणसहित उजुरी दर्ता भयो भने रवि लामिछानेले छानबिनका लागि मार्ग प्रशसस्त गर्नुपर्छ, तर कांग्रेसले राजनीतिक पूर्वाग्रह देखायो।’

ज्ञवालीले कांग्रेसले भनेअनुसार रविले प्रधानमन्त्री स्वीकारेको भए यस्तो नगर्ने उल्लेख गरे। ‘नेपाली कांग्रेसले द्वैध चरित्र देखाइरहेको छ।जतिबेला प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाललले सहकार्य तोड्ने निर्णय लिनु भयो’, उनले भने, ‘त्यसमा कांग्रेसका भ्रष्टाचार आरोप लागेका मन्त्री पनि प्रमुख कारण हुन्।

अहिलेलाई रविको हकमा भोलि कुनै औपचारिक निकायमा प्रमाणसहित आएमा छाबनिनका लागि मार्गप्रशस्त हुन्छ। अहिले कांग्रेसले राखेको माग राजनीतिक पूर्वाग्रहमा आधारित छ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सुनसरीको कप्तानगञ्जमा मध्यरातमा झडप, प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, दर्जन बढी घाइते

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu