ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कानुनमन्त्री गिरी कानुनी साक्षरता गाउँ–गाउँमा पुर्‍याउनुपर्छ


एबीसी न्यूज
१२ चैत्र २०८०, सोमबार   १ : १९   बजे

काठमाडौं १२ चैत । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले कानुनी साक्षरता गाउँ–गाउँमा लैजानुपर्ने बताएका छन् । कानुनी व्यवस्थाबारे जानकारी नपाउँदा धेरैले दुःख पाएको भन्दै उनले यसबारे गाउँ–गाउँमा पुगेर जानकारी दिनुपर्ने बताएका हुन् ।

आफ्नो निर्वाचन क्षेत्र रहेको पर्वतको पैयुँ गाउँपालिकाका बासिन्दासँग भेटघाटमा व्यस्त मन्त्री गिरीले आइतबार हुवास बजारमा आयोजित कार्यक्रममा सो धारणा राखेका हुन् ।

कतिपय कानुन संशोधन गर्न समेत जरुरी रहेको उल्लेख गर्दै मन्त्री गिरीले देश संघीयतामा गए पनि अझै नयाँ कानुनहरु बन्न नसक्दा देश विकासको गति नै रोकिएको उल्लेख गरे । उनले बदलिँदो परिवेश अनुसारका कानुनहरु अझै बन्न नसक्दा राज्य सञ्चालनमा समस्या परिरहेको समेत बताए ।

सदनमा पेश भएका कतिपय विधेयकहरु राजनैतिक अस्थिरताका कारण सदनबाट पास हुन नसकिरहेको भन्दै गिरीले देशमा स्थिर सरकारको आवश्यकता औंल्याए ।

मन्त्री पदमा रहँदा वा नरहँदा पनि आफ्नो निर्वाचन क्षेत्रमा पटक–पटक पुग्ने गरेका एमालेका नेतासमेत रहेका गिरीले पछिल्लो पटक पैयुँ र विहादी गाउँपालिकाका विभिन्न ठाउँका बासिन्दासँग भेटघाट गरेका छन् ।

ती भेटघाटमा मन्त्री गिरीले संघीय निजामती ऐन र शिक्षा ऐन छिट्टै जारी हुने बताए । कानुन निर्माणमा सरकारलाई प्रतिपक्ष दल लगायत सबैले सहयोग गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सुनसरीको कप्तानगञ्जमा मध्यरातमा झडप, प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, दर्जन बढी घाइते

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu