ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले बेइजिङमा आज भेट्न लागेका सी निकट वरिष्ठ नेता


एबीसी न्यूज
१२ चैत्र २०८०, सोमबार   २ : ३९   बजे

काठमाडौं १२ चैत ।  साताव्यापी भ्रमणका लागि चीनको राजधानी बेइजिङ आइपुगेका उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको आफ्ना चिनियाँ समकक्षीका अलावा सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेतासँग पनि भेटवार्ता हुने भएको छ।

सत्तारुढ माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले बेइजिङमा उत्रेकै दिन सोमबार साँझ चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी०को स्थायी समितिका सदस्य वाङ हुनिङसँग भेटवार्ता गर्दै छन्।

चीनको शासनमा सबैभन्दा शक्तिशाली निकाय चिनियाँ कम्युनिस्ट पार्टीको सात सदस्यीय स्थायी समितिका एक सदस्य वाङ पार्टीभित्र प्रमुख विचारक नेता मानिन्छन्, जो राजकीय जिम्मेवारीमा समेत शीर्षस्थानमा छन्। उनी चिनियाँ सरकारलाई सल्लाह प्रदान गर्ने चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स( सीपीपीसीसी० का अध्यक्ष हुन्।

 

चिनियाँ शासन व्यवस्थाअनुसार सीपीपीसीसीले सरकारलाई परामर्श दिने काम त गर्छ नै, त्यसबाहेक संयुक्त मोर्चाको भूमिकामा समेत यो निकाय रहेको छ। सीपीपीसीसीमा सत्तारूढ सीपीसीसहित चीनका आठ वैधानिक राजनीतिक दलका प्रतिनिधिहरू रहेका छन्।

सन् २०१७ देखि पार्टीको स्थायी समितिमा स्थान बनाएका वाङ दुई वर्षअघि सम्पन्न सीपीसीको बीसौँ महाधिवेशनबाट स्थायी समितिको पाचौँ नम्बरमा उक्लेका हुन्।

सीपीसीभित्र उनीभन्दा अगाडिको वरीयतामा राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली चिङ र राष्ट्रिय जनकंग्रेसका अध्यक्ष झाओ लेजी मात्र छन्।

सीपीसी स्थायी समितिका सदस्यहरूको राष्ट्रपति एवं पार्टी महासचिव सी चिनफिङसँग सोझो सम्पर्क हुन्छ। त्यसबाहेक राष्ट्रपति सीका विचारहरूलाई समृद्ध र विकसित बनाउनसमेत वाङको भूमिका महत्त्वपूर्ण रहेको मानिन्छ, जसले गर्दा राष्ट्रपति सीसँग उनी विशेष निकट छन्।

राष्ट्रपति सीले अघि सारेको तथा चिनियाँ परराष्ट्र नीतिको अभिन्न अंग बनेको बेल्ट एण्ड रोड इनिसियटिभ ९बीआरआई० परियोजना, ‘चिनियाँ सपना’ योजना निर्माणमा स्थायी समिति सदस्य वाङकै बढी योगदान रहेको मानिन्छ।

प्राध्यापन पेशाबाट सक्रिय राजनीतिमा आएका वाङले प्राज्ञिक कामको सिलसिलामा सन् १९९० को दशकमा केही समय अमेरिकामा बिताएका थिए। अमेरिकामा हासिल गरेको अनुभवका आधारमा उनले लेखेको ‘अमेरिका अगेन्स्ट अमेरिका’ ९अमेरिकाविरुद्ध अमेरिका० पुस्तक चीनमा निकै चर्चित छ।

विदेशमन्त्री वाङ यी भने सीपीसीको पोलिटब्यूरो सदस्य र स्टेट काउन्सिलर छन्।  बेइजिङको दियोताई स्टेट गेस्ट हाउसमा उपप्रधानमन्त्री श्रेष्ठले सोमबार साँझ स्थायी समिति सदस्य वाङसँग करिब एक घण्टा भेटवार्ता गर्नेछन्। अपरान्ह ५।१० बजेका लागि तय गरिएको भेटवार्ता ६।१० सम्म चल्नेछ।  चिनियाँ र नेपाली नेताको भेटवार्ता दियोताई सरकारी अतिथि गृहमा हुनेछ।

स्थायी समिति सदस्य वाङसँग सोमबार साँझ भेटवार्ता सकेपछि श्रेष्ठले सीपीसीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सन हायनसँग डिनर मिटिङ गर्ने तय भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group