ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीमा घटिरहेका छन् विद्यार्थी, खस्किँदो छ गुणस्तर


एबीसी न्यूज
१३ चैत्र २०८०, मंगलबार   ३ : ०७   बजे

काठमाडौं १३ चैत । राष्ट्रिय परीक्षा बोर्डले बिहीबारदेखि सञ्चालन गर्न लागिएको यो वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० को सम्पूर्ण तयारी पूरा गरेको बताएको छ । परीक्षा बिहीबारदेखि सुरु भई २७ गते सम्पन्न हुनेछ । देशभरबाट करिब पाँच लाख विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदैछन् । कर्णाली प्रदेशमाका ३५ हजार ८०८ जना परीक्षार्थीहरू एसइईमा सहभागी हुँदैछन् । जसमध्ये छात्रतर्फ १७ हजार ६२३ र छात्रातर्फ १८ हजार १५८ जना छन् । शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशका अनुसार परीक्षाका लागि प्रदेशभर १८६ वटा परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ ।

जिल्लागत विवरण हेर्दा रुकुम पश्चिममा २३ वटा परीक्षा केन्द्र छन् भने ३ हजार ५९३ जना परीक्षार्थी छन् । २५ वटा परीक्षा केन्द्र रहेको सल्यानमा ४ हजार ५८२ परीक्षार्थी छन् । विशेष गरी हिमाली जिल्लामा विद्यार्थीको सङ्ख्या निकै न्यून देखिन्छ । सबैभन्दा कम डोल्पामा जम्मा ७३३ जना विद्यार्थीले एसइई दिँदैछन् । यहाँ चार वटा मात्रै परीक्षा केन्द्र तोकिएको छ । हुम्लामा ६ वटा मात्र परीक्षा केन्द्र छन् भने विद्यार्थी एक हजार १९५ छन् । मुगुमा ८ वटा परीक्षा केन्द्र र १ हजार ११३ परीक्षार्थी छन् । यस्तै २४ वटा परीक्षा केन्द्र रहेको कालिकोटमा ३ हजार ७३६ जना परीक्षार्थी छन् । जुम्लामा १६ परीक्षा केन्द्र २ हजार ५५७ परीक्षार्थी, जाजरकोटमा २२ परीक्षा केन्द्र ४ हजार ६९४ परीक्षार्थी, दैलेखमा २५ परीक्षा केन्द्र ५ हजार २५७ परीक्षार्थी र सुर्खेतमा सबैभन्दा बढी ३३ वटा परीक्षा केन्द्र र ८ हजार ३४८ परीक्षार्थी छन् । निर्देशनालयका सूचना अधिकारी लोकप्रसाद पौड्यालले परीक्षामा सहभागी हुने परीक्षार्थीमा ८२६ जना ग्रेड वृद्धितर्फ छन् भने बाँकी नियमिततर्फ रहेको बताउनुभयो । उहाँका अनुसार कर्णालीमा एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको छ । प्रश्न पत्रदेखि उत्तर पुस्तिकाहरू पनि परीक्षा केन्द्रहरूमा पुगिसकेको छ ।

परीक्षार्थीको सङ्ख्या घट्दै

कर्णालीमा हरेक वर्ष एसइई दिने परीक्षार्थीहरूको सङ्ख्या वृद्धि हुनाको साटो घट्दै गइरहेको छ । गत वर्ष प्रदेशका ३८ हजार ९७० जना विद्यार्थी एसइईमा सहभागी बनेका थिए । यो वर्ष ३ हजार १६२ जना विद्यार्थीहरू घटेको देखिन्छ । राजधानी समेत रहेको सुर्खेतमा पनि विद्यार्थीको सङ्ख्या घटेको देखिन्छ । गतवर्षभन्दा एक हजारभन्दा बढी विद्यार्थी घटेको देखिन्छ । गत वर्ष सुर्खेतबाट ९ हजार १३९ विद्यार्थीले एसइई दिएका थिए । प्रायः सबैजसो जिल्लामा विद्यार्थी सङ्ख्या घटेको देखिन्छ । हिमाली जिल्लामा पनि विद्यार्थीको सङ्ख्या घटिरहेको छ । गत वर्ष हुम्लामा १ हजार २३४ विद्यार्थीले एसइई परीक्षा दिएका थिए भने मुगुमा १ हजार ६६६ र डोल्पाका ६९८ जना परीक्षार्थी थिए ।

कालिकोटमा ३ हजार ७६६, जुम्लाका २ हजार ८७७ जना परीक्षार्थी छन् । जाजरकोटमा ४ हजार ६५६ र २४ वटा परीक्षा केन्द्र रहेको दैलेखमा ५ हजार ७३५ परीक्षार्थी छन् । विद्यार्थीको सङ्ख्या घट्नुको पछाडि गरिबी जोडिन्छ । आर्थिक अभावका कारण कतिपय विद्यार्थी ७–८ कक्षा पढ्दापढ्दै स्कुल छाड्ने गर्दछन् । तर सम्पन्न तथा जागिरे आमाबुबाहरू सरकारी विद्यालय भन्दा निजीतिर आकर्षित हुनाले पनि सरकारी विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गइरहेको सरोकारवाला बताउँछन् । उसै पनि कर्णालीमा १ कक्षामा भर्ना भएकामध्ये कक्षा १० सम्म पुग्दा विद्यार्थीहरू निकै न्यून हुने गरेको विभिन्न तथ्याङ्कले देखाउँदै आएको छ ।

नेपाल राष्ट्र बैङ्कले कर्णालीमा गरेको सर्वेक्षण अनुसार गत आर्थिक वर्ष वर्ष २०७९÷८० मा सरकारी तथा सामुदायिक विद्यालयमा ४।०१ प्रतिशतले विद्यार्थी सङ्ख्या घटेको छ । तर निजी विद्यालयमा भने २२।२३ प्रतिशतले वृद्धि भएको देखाएको छ ।

खस्किँदै गुणस्तर

बेलैमा पुस्तक नपाउने कर्णालीका विद्यार्थीको पढाइको गुणस्तर बर्सेनि खस्किँदै गएको छ । राष्ट्रिय परीक्षा बोर्डले ०७८ मा प्रदेशगत रूपमा सार्वजनिक गरेको एसइई नतिजा अनुसार कर्णालीमा ११४ परीक्षार्थीले मात्र ३।६ देखि ४ जिपिए अङ्क ल्याएका छन्, जुन निकै कमजोर हो । एसइईमा प्रदेशबाट सहभागी परीक्षार्थी ३७ हजार तीन सय ६२ मध्ये ९५१ ले मात्र ‘ए’ ग्रेड ल्याए । गत वर्ष झन् नतिजा कमजोर आयो । गत वर्ष जम्मा २४० विद्यार्थीले ३।६० देखि ४ जिपिए ल्याए । त्यस्तै १ हजार ३३२ विद्यार्थीले ३।२० देखि ३।६० जिपिए, ३ हजार ६८८ विद्यार्थीले २।८० देखि ३।२० जिपिए, ८ हजार ११२ विद्यार्थीले २।४० देखि २।८० जिपिए, ११ हजार २३९ विद्यार्थीले २ देखि २।४० जिपिए ल्याए । अन्य प्रदेशको तुलनामा भौगोलिक रूपमा विकट हुनु, राज्यले शिक्षामा पर्याप्त लगानी नगरिदिनु, गरिबीजस्ता कारणले कर्णाली शिक्षामा पछि परेको शिक्षाविद्हरू बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu