भक्तपुर, ७ फागुन । चाँगुनारायण नगरपालिका –८, आरुबारी स्थित देवी ईट्टा भट्टामा बा.२ ख. १३७८ नं. को मिनी ट्रकले ठक्कर दिँदा एक १९ महिनाको बालकको ज्यान गएको छ ।
माटो लोड गर्ने क्रममा रोल्पा ह्याङ्ग –८, घर भई त्यसै ईट्टा भट्टामा काम गर्ने देबेन्द्र बुढा मगरको १९ महिनाको छोरा सविन बुढा मगरलाई ठक्कर दिँदा बालकको मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो ।
प्रहरीले ठक्कर दिने सवारी साधन र चालक गोकुल भुजेललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्