ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘प्रदेश सरकार समावेशी बन्न सकेन’


एबीसी न्यूज
७ फाल्गुन २०७४, सोमबार   ६ : ५३   बजे

सुर्खेत, ७ फागुन।   प्रदेश नं ६ का सांसदले प्रदेश सरकार समावेशी नभएको गुनासो गरेका छन् ।

समावेशीको कुरा गर्ने वाम गठबन्धनको सरकार बने पनि समावेशी बन्न नसकेको सांसदले आरोप लगाएका छन् । सो प्रदेशमा गठन भएको प्रदेश सरकारका लागि नेकपा (एमाले)ले चार र नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्रीसहित तीन मन्त्री पाएका छन् । माओवादी केन्द्रले आफूले पाएको भूमि व्यवस्थापन र कृषि तथा सहकारी मन्त्रालयमा रुकुमकी विमला केसीलाई मन्त्री बनाएको छ ।

कूल सांसद संख्याको २० प्रतिशत समावेश हुने गरी सरकार निर्माण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सो प्रदेशमा एक महिलाबाहेक अरु कुनै मन्त्री समावेश नभएको सांसद दीनबन्धु श्रेष्ठले बताउनुभयो । पार्टीको भनाइ र निर्णय गराइमा फरक देखिएकाले समावेशी सरकार बन्न नसकेको विचार महिला तथा दलित सांसद मीना रखालले व्यक्त गर्नुभयो । “समावेशी सरकार बन्न, महिला, दलित र जनजाति सदस्यको पनि सहभागिता हुनुपर्ने थियो तर यो प्रदेशमा भएन”,उहाँले भन्नुभयो । छ नं प्रदेशमा छ दलित सांसद रहेकामा एक जना पनि मन्त्री नभएको उहाँले बताउनुभयो ।

सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रले रुकुमकी केसीलाई मन्त्री बनाए पनि सबैभन्दा ठूलो दल एमालेले भने सबै मन्त्री खसआर्यबाटै छानेको छ । पार्टीमा खसआर्यबाटै मन्त्री बन्नका लागि आकांक्षी बढी भएकाले समावेशिता नभएको सांसद दानसिंह परियारले बताउनुभयो । आफूले समावेशी मन्त्रिमण्डल बनाउन निकै प्रयास गरे पनि दलित र जनजातिको प्रतिनिधित्वलाई सम्बोधन नभएको उहाँको भनाइ छ ।

सो प्रदेशमा प्रदेशसभा सदस्य ४० मध्ये दलिततर्फ प्रत्यक्षमा एमालेबाट मुगुका दानसिंह परियार र माओवादी केन्द्रबाट रुकुमका रातो कामी मात्र प्रत्यक्ष निर्वाचित भएका हुन् भने एमालेका राजु नेपाली र मीना रखाल तथा माओवादीका केन्द्रका सीता नेपाली र नेपाली काँग्रेसका झोवा विक तामाङ समानुपातिक सांसद छन् ।

महिला जनजातितर्फका पुष्पा घर्ती उपसभामुख भइसक्नु भएको छ भने प्रतिपक्षी दल काँग्रेसका श्रेष्ठ मात्रै जनजाति सांसद हुनुहुन्छ । बाँकी महिला तथा खसआर्यतर्फका सांसद हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group