ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानन्यायाधीश चन्द्रचूडले लोकसभा चुनावअघि न्यायाधीशहरूलाई के मन्त्र दिए ?


एबीसी न्यूज
२४ चैत्र २०८०, शनिबार   ९ : ०८   बजे

 

नयाँ दिल्ली २४ चैत । भारतका प्रधान न्यायाधीश डी वाई चन्द्रचूडले आज लोकसभा चुनावअघि न्यायाधीशहरूलाई एउटा ठुलो मन्त्र दिँदै उनीहरूको निष्ठा केवल संविधानप्रति हुनु पर्ने बताएका छन् । उनीहरूलाई कुनै पनि पक्षको हितको चिन्ता नगर्न प्रधानन्यायधीश चन्द्रचुडले सचेत गराएका छन् । भारतीय लोकसभा चुनावको पहिलो चरण अप्रिल १९ देखि सुरु हुने भएको छ।
भारतका प्रधान न्यायाधीश डीवाई चन्द्रचूडले लोकसभा चुनावअघि न्यायाधीशहरूलाई एक ठूलो मन्त्र दिएका छन्। चन्द्रचूडले आज वकिल र न्यायाधीशहरूको वफादारी संविधानप्रति मात्र हुनुपर्छ भन्ने कुरामा बारम्वार जोड दिए । चन्द्रचूड नागपुरमा उच्च अदालत बार एसोसिएसनको शतवार्षिकी समारोहमा बोल्दै पछिल्ला दिनमा भारतीय सर्वोच्च अदालतले लिएका निर्णयहरुतर्फ संकेत गरिरहेका थिए ।

हाई कोर्ट बार एसोसिएसन नागपुरको शताब्दी समारोहलाई सम्बोधन गर्दै डीवाई चन्द्रचूडले भने – हाम्रो जस्तो जीवन्त र बहस हुने लोकतन्त्रमा अधिकांश मानिसहरूको केही राजनीतिक दृष्टिकोण वा झुकाव रहेको बताए। एरिस्टोटलले झैं मानिस सामाजिक प्राणी हो र वकिलहरू पनि त्यसबाट अपवाद हुनसक्दैनन्। मुख्य न्यायाधीशले भनेका छन्– वकिलहरूका लागि सबैभन्दा ठूलो वफादारी कुनै पनि पक्षको हितमा नभई अदालत र संविधानप्रति हुनुपर्छ।

न्यायपालिकाले आफ्नो स्वतन्त्रता र गैर–पक्षपात कायम राख्नका लागि कार्यपालिका, व्यवस्थापिका र राजनीतिक स्वार्थबाट शक्तिको विभाजन सुनिश्चित गर्न निरन्तर काम गरेको कुरा चन्द्रचूडले दोहोऱ्याएका छन् । प्रधान न्यायाधीश चन्द्रचूडले न्यायपालिकाको स्वतन्त्रता र बारको स्वतन्त्रताका बीच गहिरो सम्बन्ध रहेको कुरा बिर्सनु हुँदैन भन्ने कुरामा सचेत गराए । स्वतन्त्र बारले विधिको शासन र

 

ूहामी प्रशंसा र आलोचना दुवै स्वीकार गर्न तयार छौंू, भारतका प्रधान न्यायाधीश भने, सर्वोच्च अदालतको संवैधानिक बेन्चका निर्णयहरू कडा कार्यवाही, गहिरो कानुनी विश्लेषण र संवैधानिक सिद्धान्तहरूको पालनाको परिणाम हुन्। ूएकचोटि फैसला घोषणा भएपछि, यो सार्वजनिक सम्पत्ति बन्छ। एक संस्थाको रूपमा, हाम्रो काँध बलियो छ। हामी पत्रकारहरुका लेख, राजनीतिक टिप्पणी वा सामाजिक सञ्जालमार्फत प्रशंसा र आलोचना दुवै स्वीकार गर्न तयार छौं।

चन्द्रचूडले अगाडि भने बारका सदस्य र पदाधिकारीका रूपमा अदालतको फैसलामाथि प्रतिक्रिया दिँदै वकिलहरू आम जनताभन्दा फरक हुनुपर्छ। ूहालै, बारका सदस्यहरूले विचाराधीन मुद्दा र फैसलाहरूमा टिप्पणी गर्ने प्रवृत्ति देखेर म धेरै विचलित भएको छु। तपाईं पहिलो र सबैभन्दा महत्त्वपूर्ण अदालतका अधिकारी हुनुहुन्छ र हाम्रो कानुनी विचार–विमर्शको सत्यता र गरिमा तपाईंको हातमा छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group