ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति र उपराष्ट्रपति दोहोरिने सम्भावना छ – ज्ञवाली


एबीसी न्यूज
८ फाल्गुन २०७४, मंगलबार   ३ : ०८   बजे

 

काठमाडौं, ८ फागुन । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले राष्ट्रपति र उपराष्ट्रपतिलाई नै दोहोरिने सम्भावना रहेको बताएका छन्। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन्। कार्यक्रममा बोल्दै उनले भने,‘हो, राष्ट्रपति र उपराष्ट्रपतिलाई दोहोर्याउनेबारे छलफल चलेको छ, उहाँहरूकै निरन्तरता हुने पनि बलियो संभावना छ।’

उनले भोलि नै मन्त्रिमण्डलले पूर्णता पाउने पनि स्पष्ट पारेका छन्। साक्षात्कारमा बोल्दै सचिव ज्ञवालीले भने,‘भोलि नै हामी सरकार विस्तार गर्छौं, मन्त्रिमण्डलले पूर्णता पाउँछ, हामी १५ सदस्यीय मन्त्रिमण्डल बनाउँछौं, हाम्रो कार्यदलले पनि यही सिफारिस गरिसकेको छ, अब कतिपय मन्त्रालयहरू मर्ज गरिन्छ, कतिपय खारेज हुन्छन्।’

उनले सरकारको मुख्य उद्देश्य नै राजनीतिक स्थायित्व कायम गर्ने र तीव्र आर्थिक वृद्धि हासिल गर्ने रहेकोले त्यसको लागि समावेशीतासहितको योग्यतम टिम पठाउने पनि स्पष्ट पारे।

ज्ञवालीले वर्तमान सरकारको मुख्य प्राथमिकता पाँच वटा रहेको पनि सुनाए। उनका अनुसार पहिलो लक्ष्य लोकतन्त्रको सुदृढिकरण, दोस्रो राष्ट्रिय हितको रक्षा, तेस्रो, सुशासन कायम गर्ने र भ्रष्टाचारको नियन्त्रण गर्ने, चौथोमा समृद्धि हासिल गर्ने ९सर्वोच्च प्राथमिकता तीव्र आर्थिक वृद्धि गर्ने र यसको लागि राज्यको लगानी बढाउने। त्यस्तै, पाँचौ प्राथमिकतामा संघीयता लगायत संविधानमा भएका महत्वपूर्ण कुराहरूको सफल कार्यान्वयन गर्ने रहेको छ।

सचिव ज्ञवालीले वर्तमान सरकारको परराष्ट्र नीति सन्तुलित र परिपक्व हुने पनि बताए। उनले भने,‘हाम्रो परराष्ट्र नीति सन्तुलित हुन्छ, परिपक्व हुन्छ, राष्ट्रिय हितका आधारमा हामी दुवै छिमेकी मुलुकसँग असल सम्बन्ध राख्नछौं।’ उनले द्विपक्षीय लगायत छिमेक सम्बन्ध अब विकासमा केन्द्रीत हुने पनि स्पष्ट पारे।

ज्ञवालीले भने,‘भारत र चीन दुवै छिमेकीसँग घनिष्ठ सम्बन्ध राख्छौं, हाम्रो मुलुकको हित अनुसार अघि बढ्छौं, राष्ट्रिय हित नै हाम्रो सर्वोपरि प्राथमिकतामा पर्छ, विदेश सम्बन्ध आर्थिक रूपमा केन्द्रीत गर्छौं।’ उनले नेपालको परराष्ट्र नीति अब पूर्नपरिभाषित गरिने पनि जनाए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group