ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजा युद्धको छ महिनापछि युद्धविराम प्रस्तावको अध्ययन गर्दै हमास


एबीसी न्यूज
२८ चैत्र २०८०, बुधबार   ११ : २९   बजे

काठमाडौं २८ चैत । दक्षिणी गाजामा फर्केका प्यालेस्टिनीहरूले इजरायली सैनिकहरूको फिर्तीपछि बाँकी रहेको विनाशको सीमाको सामना गरेको भन्दै हमासले कायरोमा भएको पछिल्लो चरणको प्रस्तावित युद्धविरामको नयाँ रूपरेखाबारे विचार गरिरहेको मङ्गलबार बताएको छ ।

सबैभन्दा रक्तपातपूर्ण गाजा युद्धको छ महिनापछि कतार, इजिप्ट र अमेरिकाका मध्यस्थकर्ताहरूले अर्को अस्थायी युद्धविरामको प्रस्ताव राखेको हमासको एक स्रोतले बताएको छ । तीन भागको प्रस्तावले इजरायलमा प्यालेस्टिनी कैदीहरूका लागि हमासले कब्जामा राखेका बन्धकहरूको आदानप्रदानको सुविधा प्रदान गर्न छ साताका लागि लडाइँ रोक्नेछ ।

मध्यस्थकर्ताहरूको प्रयासको ‘प्रशंसा’ गर्दै हमासले मङ्गलबार वार्ताका क्रममा इजरायलमाथि आफ्नो कुनै पनि मागको जवाफ नदिएको आरोप लगाएको छ । “यस्तो अवस्था भए पनि आन्दोलनको नेतृत्वले प्रस्तावको अध्ययन गरिरहेको छ”, हमासले एक विज्ञप्तिमा भनेको छ ।

महिनौँको भीषण लडाइँपछि इजरायलले सप्ताहान्तमा दक्षिणी सहर खान युनिसबाट आफ्नो सेना हटाएको घोषणा गरेको छ । रफाहमा घुसपैठसहित युद्धको अर्को चरणको तयारीमा सैनिकहरूलाई मद्दत होस् भनेर सेना हटाएको उसले बताएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सोमबार अब गाजा क्षेत्रको सबैभन्दा दक्षिणी सहरमा स्थल सेना पठाउने मिति तय गरिएको बताउनुभएको थियो । उक्त सहरमा अधिकांश विस्थापित प्यालेस्टिनी बस्छन् ।

विदेशी शक्ति र मानवतावादी समूहहरूले ठूलो मात्रामा नागरिक हताहत हुने डरका कारण उक्त सहरमा कुनै अभियान सञ्चालन नगर्न इजरायलसँग आग्रह गरेका छन् । यद्यपि नेतान्याहु र उहाँका सैन्य कमान्डरहरूले त्यसो नगरे हमासमाथि विजय हासिल गर्न नसकिने बताउनुभएको छ ।

“कारवाही हुनेछ, तारिख १ हो, यसमा समय निर्दिष्ट गरिएको छैन”, नेतान्याहुले भन्नुभयो । जवाफमा इजरायलको मुख्य समर्थक अमेरिकाले रफाह अपरेसनप्रति आफ्नो आपत्ति दोहोर्‍याउँदै यसले ‘अन्ततः इजरायलको सुरक्षालाई क्षति पुर्‍याउने’ बताएको छ । इजरायलका रक्षामन्त्री योभ ग्यालेन्टले गाजामा हमला जारी राखिने बताए पनि यसलाई ‘युद्धविरामका लागि सही समय’ भन्नुभएको थियो ।

इजरायलमाथि आफ्नो युद्ध रोक्न र भोकमरीको क्षेत्रमा थप मानवीय सहायताको अनुमति दिन व्यापक अन्तर्राष्ट्रिय दबाबको सामना गर्नुपरिरहेका बेला सेनाको फिर्ती भएको हो ।

अक्टोबर ७ को हमलापछि युद्ध सुरु भयो र इजरायली नाकाबन्दीले गाजाबासी खाना, पानी र अन्य आधारभूत आपूर्तिबाट वञ्चित भएका छन् । सहायता वितरणबाट चरम अभावलाई न्यूनरूपमा कम गरिएको छ । मानवतावादी समूहहरूले आपूर्तिको कमीबाट आसन्न ‘मानव निर्मित’ अनिकाललाई रोक्न नसकिने चेतावनी दिएका छन् ।

गाजा क्षेत्रमा सहायता प्रवाहको व्यवस्थापन गर्ने इजराइली संस्था सिओजिएटीका अनुसार सोमबार चार सय १९ ट्रकलाई गाजा क्षेत्रमा प्रवेश गर्न अनुमति दिइएको छ । यो युद्ध सुरु भएपछि एक दिनमा सबैभन्दा ठूलो प्रवेश अनुमति हो ।

युद्ध रोक्ने पछिल्लो प्रस्तावमा छ साताको युद्धविराम हुने र नौ सय प्यालेस्टिनी कैदीहरूको बदलामा इजरायली महिला र बालबालिका बन्धकलाई रिहा गरिने उल्लेख भएको हमासको एक स्रोतले सोमबार बताएको छ । उक्त सम्झौताले गाजा क्षेत्रको उत्तरमा विस्थापित प्यालेस्टिनी नागरिकहरूको फिर्ती र प्रतिदिन चार सयदेखि पाँच सय ट्रकलाई खाद्य सहायताको अनुमति पनि दिने स्रोतले बताएको छ ।

गतिरोधसँगै समाप्त भएको वार्ताको मध्यस्थताको पछिल्लो चरणमा हमासले व्यापक युद्धविराम, गाजा क्षेत्रबाट इजरायली सेनाको पूर्ण फिर्ती र सहायता वितरणमा नियन्त्रणको माग गरेको छ । महिनौँको वार्ता र मध्यस्थता कूटनीति जारी रहे पनि अहिलेसम्म एउटा मात्र युद्धविराम सम्झौता नोभेम्बरमा भएको थियो । उक्त सम्झौताअन्तर्गत ७८ बन्धक र सयौँ प्यालेस्टिनी कैदीलाई रिहा गरिएको थियो । राससरएएफपी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group