काठमाडौं २८ चैत । पतञ्जलिको भ्रामक विज्ञापन मुद्दामा आज ९बुधबार० भारतीय सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार बाबा रामदेव र बालकृष्ण अदालतमा उपस्थित भएका छन्।
न्यायाधीशद्वय हिमा कोहली र अहसानुद्दिन अमानुल्लाहको बेन्चले यो मुद्दा सुनुवाइ गरिरहेको छ। यसअघि २ अप्रिलमा भएको सुनुवाइमा पतञ्जलिका तर्फबाट माफी मागिएको थियो।
फेब्रुअरी २७ मा सर्वोच्च अदालतले पतञ्जलिलाई विद्युतीय र छापा माध्यमबाट आफ्ना औषधिसँग सम्बन्धित सबै भ्रामक विज्ञापन तत्काल हटाउन आदेश दिएको थियो।
सर्वोच्च अदालतले यस विषयमा कुनै कारबाही नगरेकोमा केन्द्र सरकारको आलोचना गरेको छ।
प्रतिक्रिया दिनुहोस्