ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङको जोर्डनमा भीषण आगलागी, कम्तीमा ५ जनाको मृत्यु, ४५ जना घाइते


एबीसी न्यूज
२९ चैत्र २०८०, बिहिबार   १२ : ०३   बजे

काठमाडौं २९ चैत । हङकङको याउ मा तेइस्थित जोर्डन रोडमा भीषण आगलागीमा हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्।

हङकङको याउ मा तेइस्थित जोर्डन रोडको चोकमै रहेको ६० वर्ष पुरानो भवनमा बुधबार बिहान आगलागी भएको हो।

अग्नी नियन्त्रकहरूका अनुसार आगलागीबाट बच्नको लागि १६ तले भवनबाट मानिसहरू हाम फालेका थिए, जसमध्ये केहीको मृत्यु र केही गम्भीर घाइते भए।

भवनको दोस्रो तलाको करिडोरमा तीनजना घाइते फेला परे भने पाँचौं व्यक्ति सातौं र आठौं तलाको बीचको सिँढीमा फेला परेका साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

हङकङको ६० वर्ष पुरानो यो भवनमा ३५ जना बस्न मिल्ने गरि गेस्ट हाउस सञ्चालन गरिएको थियो। भवनमा अरु फ्ल्याटहरू थिए।

आगोबाट बच्नका लागि भवनबाट हाम फालेका पाँच जनामध्ये एकजनाको मृत्यु भएको सुरक्षाकर्मीले जनाएका छन्।

हङकङ प्रहरीको काउलुन साउथ डिभिजनल कमाण्डर लाम किन क्वानले पोस्टलाई बताए अनुसार अन्य तीन जना न्यू लकी हाउसको दोस्रो तलाको सार्वजनिक करिडोरमा फेला परेका थिए भने मृत्यु भएका पाँचौं व्यक्ति सातौं र आठौं तल्लाको बीचको सिँढीमा फेला परेका थिए।

घाइतेमध्ये क्वीन एलिजाबेथ अस्पताल र क्वाङ वाह अस्पतालमा तीन पुरुष र दुई महिलालाई मृत घोषित गरिएको छ। मृत्यु हुनेमा हङकङका ६७ वर्षीय लाइ का लुन र ७० वर्षीय त्साङ हिङ वाई रहेका छन्।

अन्य तीन जना गैरचिनियाँमध्ये करिब २० वर्षका एक पुरुष र एक महिला पनि छन्। उनीहरूको पहिचान खुलेको छैन।

हङकङको जोर्डन रोड नेपालीहरूको बाक्लो बसोबास रहेको क्षेत्र हो। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

घाइतेमध्ये ४० जनालाई पाँच वटा अस्पताल लगिएको छ। घाइतेमध्ये आठ जनाको अवस्था निकै गम्भीर रहेको छ भने तीन जनाको अवस्था गम्भीर रहेको छ।

आगलागी बुधबार बिहान ८ बजेभन्दा केही समय अगाडि नै भएको थियो, जुनबेला भवनमा तीन सय बढी मानिस सुतिरहेका थिए। बाक्लो धुवाँले भाग्न कठिन भएको र उद्धारका लागि एक घण्टाभन्दा बढी कुर्नुपरेको केहीले बताएका छन्।

आगलागी भएको ठाउँमा ३५ दमकल र २४ वटा एम्बुलेन्सलाई खटाइएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group