ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३ खर्ब ६४ अर्ब लगानीका लागि खिम्ती र कालीगण्डकी जलविद्युत् आयोजना प्रस्तुत गरिँदै


एबीसी न्यूज
२९ चैत्र २०८०, बिहिबार   ३ : १८   बजे

काठमाडौं २९ चैत । लगानी बोर्डले खर्बभन्दा बढीका २ जलविद्युत् आयोजनामा वैदेशिक लगानी खोज्ने भएको छ। विदेशी लगानीकर्तालाई आमन्त्रण गरिएको सम्मेलनमा ठूला जलाशययुक्त आयोजनामा लगानीको आह्वान गर्ने भएको हो।

२०० मेगावाटमाथिका ४ वटा आयोजना सम्मेलनमा शोकेस गरिँदै छ। जसमा २ वटा जलाशययुक्त आयोजना खर्ब बढी लागत अनुमानका छन्।

 

वैशाख १६ र १७ गते हुने सम्मेलनमा सबैभन्दा ठूलो खिम्ती ठोसे शिवालय आयोजना हुनेछ। लगानी सम्भाव्य यो आयोजना १२ सय १६ मेगावाटको छ।

विद्युत् विकास विभागले सम्भाव्यता अध्ययन गरिरहेको आयोजनाको प्रारम्भिक लागत अनुमान २ खर्ब ३१ अर्ब रुपैयाँ छ। आयोजनालाई १७ सय मेगावाटसम्म बनाउन सकिने प्रारम्भिक अध्ययनले देखाएको छ। तर आयोजनाको क्षमता बढ्दा लागत समेत बढ्नेछ।

रामेछाप र दोलखा छुट्याउने खिम्ती–ठोसे–शिवालयमा आयोजना बनाउने योजना छ। ठोसे शिवालयमा खिम्ती नदीमा ड्याम बनाएर विद्युत् उत्पादन गर्न सकिने अनुमान विभागको छ।

यसो गर्दा देउराली भ्यालीमा जलाशययुक्त जलविद्युत निर्माण गर्न सकिने देखिएको छ। खिम्ती हिम नदी हो। खिम्ती–ठोसे आयोजना बन्दा गर्जाङ देउराली भ्यालीको बस्ती विस्थापित हुनेछ भने अहिले सञ्चालनमा रहेका आयोजना प्रभावित हुनसक्ने देखिएको छ।

कालीगण्डकी २ स् एक खर्ब ३३ अर्ब लागत अनुमान
गण्डकी र लुम्बिनी प्रदेशको सिमानामा ठूलो आयोजनाको रुपमा कालीगण्डकी जलाशययुक्त आयोजनालाई हेरिएको छ। हाल कालीगण्डकी ‘ए’बाट १४४ मेगावाट विद्युत् उत्पादन गरिएको छ।

अहिले अध्ययन भइरहेको कालीगण्डकी २ जलाशययुक्त आयोजना ६५० मेगावाट क्षमताको हुने लगानी बोर्डले उल्लेख गरेको छ।

आयोजनाले सुरुमा ५०० मेगावाट उत्पादन गर्न सकिने अनुमान गरे पनि ६५० मेगावाटसम्मको बनाउन सकिने देखिएको छ। यसको अनुमानित लागत १ खर्ब ३३ अर्ब रुपैयाँ छ।

विद्युत् विकास विभागले गण्डकी प्रदेशका स्याङ्जा, तनहुँ, नवलपुर छन् भने लुम्बिनीको पाल्पामा वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्नेछ।

उक्त आयोजनाको लागि सम्भाव्यता तथा वातावरणीय प्रभाव अध्ययन टेक्नोक्वारी–बीम–एनईडीसीले गरिरहेको छ।

कालीगण्डकी नदीको खाल्टेमा १५० मिटर उचाइको बाँध निर्माण गरी ३६० मिटर पूर्ण आपूर्ति सतह रहने गरी बाँधको फेदमै विद्युत् गृहबाट विद्युत् उत्पादन गर्ने प्रस्ताव गरिएको छ।

आयोजनाका मुख्य अवयवहरुमा जलाशय, बाँध, स्पीलवे, पेनस्टक पाइप, विद्युत् गृह तथा प्रसारणलाइन हुनेछन्।

विभागका सूचना अधिकारी गोपी प्रसाद शाहले २ वटै आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय अध्ययन भइरहेको बताएका छन्।

‘पूर्णरुपमा अध्ययन भइसकेका छैनन् तर परामर्शदाता छनोट भएर अध्ययनको चरणमा छन्’, शाहले भने, ‘लगानी सम्मेलनमा शोकेस गर्नको लागि प्रस्ताव गरेका छौँ।’

खर्ब नजिकका नौमुरे र भारबुङ
करिब १ खर्बका अर्का २ वटा आयोजना छन्। नौमुरे बहुउद्देश्यीय आयोजना र भारबुङ जलाशययुक्त आयोजना छन्। २१८ मेगावाटको नौमुरेको लागत ९२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ।

नौमुरे बहुउद्देश्यीय आयोजना प्युठान र अर्घाखाँचीको सिमानामा पर्छ। प्युठानको झिमरुक र माण्डवी नदीको संगम स्थलनजिकै नौमुरे आयोजना छ। जलाशय निर्माण गरेर ¥याफ्टिङ, माछापालन, सिँचाइलगायतका आयोजना सञ्चालन गर्न सकिने बताइएको छ।

भारबुङ जलाशययुक्त आयोजनाको ३७७ मेगावाटको आयोजनाको लागत अनुमान ८० अर्ब छ।

डोल्पा जिल्लामा पर्ने कम्पनी सम्भाव्यता अध्ययन गर्न जर्मनीको फिस्टिन इन्जिनियरिङ, जापानको न्युजेक इन्का र नेपालको हाइड्रो कन्सल्ट इन्जिनियरिङले अध्ययन गरिरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu