काठमाडौं । रसुवाबाट नेपाली सेनाले उद्धार गरी काठमाडौं ल्याएका तीन जना गम्भीर घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
ट्रमा सेन्टरका डा. रुद्रप्रसाद मरासिनीका अनुसार उद्धार गरिएका तीनै जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई आकस्मिक उपचारसँगै चिकित्सकको निरन्तर निगरानीमा राखिएको छ ।
सेनाको उद्धार अभियान
भोटेकोसी नदीमा आएको बाढीपछि रसुवाका विभिन्न क्षेत्रमा फसेका तथा घाइते भएका नागरिकको उद्धारका लागि नेपाली सेना परिचालन गरिएको छ ।
सेनाले गम्भीर अवस्थामा रहेका तीन जनालाई उद्धार गरी काठमाडौं ल्याएको हो । उनीहरूको पहिचान तथा घटनासम्बन्धी थप विवरण भने खुलाइएको छैन ।
बाढी प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धार कार्य जारी रहेको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्