ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्रीलाई सहकारी पीडितको प्रश्न : जीबी राई र सागर केसी कहिले पक्राउ पर्छन् ?


एबीसी न्यूज
२९ चैत्र २०८०, बिहिबार   ५ : १२   बजे

काठमाडौं २९ चैत । बुटवलको सुप्रिम सहकारीका वचतकर्ताहरुले संस्थाका अध्यक्ष गितेन्द्रबाबु जीबी राई र व्यवस्थापक सागर केसीलाई सरकारले कहिले पक्राउ गर्छ भनेर प्रश्न गरेका छन् ।

उक्त सहकारीका पीडितहरुले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतिपक्षमा हुँदा चर्को स्वरमा जीबी राईलाई पक्राउ गर्न किन नसकेको भन्दै प्रश्न गर्ने रवि लामिछानेले अहिले गृहमन्त्री हुँदा किन पक्राउ नगरेको भन्दै प्रश्न उठाएका हुन् ।

सहकारीका मुख्य व्यक्ति पक्राउ परे पनि राजनीतिक दल र सरकारको पहुँचमा रहेकालाई उम्काउने प्रयास हुनसक्ने भन्दै अध्यक्ष राई र बुटवल शाखा व्यवस्थापक सागर केसीलाई यथाशीघ्र पक्राउ गर्न गृहमन्त्री लामिछानेसँग माग गरे ।

सहकारी पीडित संघर्ष समिति संयोजक विजयकुमार नेपालले राई र गृहमन्त्री लामिछाने विगतमा गोर्खा मिडिया प्रालिमा सँगै रहेका र त्यहाँ सहकारीको करोडौं रकम लगानी भएकाले सरकारले उनलाई पक्राउ गर्नुपर्ने बताए ।

‘हिजो प्रतिपक्षमा हुँदा गृहमन्त्रीले चर्को स्वरमा जीबीलाई आकाश पाताल जहाँ भए पनि पक्राउ गर्न सरकारसँग माग गरेका थिए,’ नेपालले भने ‘अहिले उहाँ आफैं गृहमन्त्री हुनुहुन्छ राईलाई पक्राउ गर्न कसले रोकेको छ रु’

लामिछाने गृहमन्त्री भएपछि राई र व्यवस्थापक केसी लगायत ठगीमा संलग्न व्यक्तिहरुको पक्राउमा सरकारले उदासिनता देखाएको उनीहरूले बताएका छन् । सरकार पीडितलाई न्याय दिनभन्दा पीडकलाई उम्काउन लागि परेको शंका पैदा गरेको नेपालले बताए ।

अर्का पीडित कृष्णप्रसाद खरेलले गृहमन्त्रीले प्रतिपक्षमा हुँदा एकथरी र सरकारमा गएपछि अर्कोथरी कुरा गर्न नमिल्ने बताए । सरकार सहकारी पीडितलाई न्याय दिनभन्दा पनि गृहमन्त्रीलाई चोख्याउन मात्र तल्लिन भएको उनको आरोप छ ।

अर्की बचतकर्ता दुर्गा रिमालले बुटवलका हजारौं बचतकर्ताको बचत डुबाएर राई र केसी फरार हुँदा स्थानीय, प्रदेश र संघमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि दोषीलाई पक्राउ गर्न र पीडितलाई न्याय दिने पक्षमा चुइक्क नबोलेको गुनासो गरिन् । ‘यहाँका नगर प्रमुख, उपप्रमुख, प्रदेश र केन्द्रका सांसददेखि मन्त्री कोही पनि पीडितको पक्षमा बोल्दैनन्, बरु राजनीतिक आडमा जोगाउन खोजेको हो कि भन्ने शंका छ,’ उनले भनिन् ‘स्थानीय र प्रदेश सरकारको मौनता कहिलेसम्म रु हाम्रो विचल्ली हुँदा यहाँबाट जितेका सांसदहरुले हाम्रा बारेमा कहिले बोल्ने रु’

सरकारलाई दबाब दिन सहकारी पीडितहरुले वैशाख ४ गते बुटवलमा बृहत प्रदर्शन गर्ने र त्यसपछि चरणवद्ध आन्दोलन घोषणा गर्ने अर्का पीडित देविलाल भट्टराईले बताए ।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले सुप्रिम सहकारीका १० हजार बढी वचतकर्ताको सवा १ अर्ब रकम अपचलन गरेको मुद्दाको विषयमा अनुसन्धान अन्तिम चरणमा पुगेको बताए । बचतकर्ताहरुको उजुरीपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाईं पाण्डेयलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

रुपन्देहीलगायत आसपासका जिल्लाका १० हजार ३९१ जना वचतकर्ताहरुको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार रुपैयाँ हिनामिना गरी एक वर्षदेखि संस्थाका संस्थापक अध्यक्ष एवं संरक्षक जीबी राई सम्पर्कविहीन छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group