ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाकुम्भ महोत्सवमा भक्तजनको चहलपहल


एबीसी न्यूज
३० चैत्र २०८०, शुक्रबार   १ : २४   बजे

काठमाडौं ३० चैत । प्राचिन हरिद्वारको रुपमा रहेको चतराधाममा लागेको एक महिने बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ महोत्सवको आयोजनासँगै यहाँ सर्वसाधारण भक्तजनको चहलपहल बढेको छ ।

नेपाल र भारतबाहेक भुटान, म्यानमार, बेलायत, अमेरिका, क्यानडा, बेल्जियम, अष्ट्रेलियालगायत देशबाट भक्तजनको आउनेक्रम जारी छ । महाकुम्भ महोत्सबको अबसरमा चतराधाममा श्रीरामनवमी विशेष अनुष्ठान र श्रीराम कथा वाचन सुरु गरिएपछि भक्तजनको घुइँचो लागेको छ ।

जगदगुरु श्रीरामानन्दचार्य सेवा पिठ चतराधाम तथा सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानको आयोजनामा नेपाल आमाकी सुपुत्री चन्द्रकला सखीको मुखाराविन्दबाट सुरु गरिएको श्रीराम कथा श्रवणका लागि देश विदेशबाट हजारौं भक्तजनको उपस्थिति रहेको पीठका प्रवक्ता गोविन्दबाबु तिवारीले जानकारी दिनुभयो ।

जगद्गुरु रामानन्दचार्य स्वामी श्रीरामकृष्णाचार्य महयोगी सिद्धबाबाको संकल्पमा सुरु भएको श्रीरामनवमी विशेष अनुष्ठान र श्रीराम कथा श्रवणका लागि भक्तजनको वृहद् सहभागिता रहेको प्रवक्ता तिवारीले जानकारी दिनुभयो ।

त्यसैगरी, पीठको आयोजनामा आगामी बैशाख ५ गतेदखि चतराधामस्थित हनुमान मन्दिर क्षेत्रमा संकटमोचन श्रीहनुमद् महायज्ञ तथा श्रीहनुमद् कथा वाचन गरिने भएको छ । भारतको प्रसिद्ध बागेश्वर धाम सरकार पीठका पीठाधिश धिरेन्द्र शास्त्री बागेश्वर सरकारको विशेष उपस्थितिमा आयोजना गरिने हनुमद् महायज्ञ, श्रीहनुमद् कथा वाचनका साथै करिब दुइ अर्ब रुपियाँको लागतमा निर्माण गरिने श्रीयन्त्र आकारको विशेष श्रीराम मन्दिरको शिलान्यास कार्यक्रममा लाखौं भक्तजनको उपस्थिति रहने आयोजकको भनाइ छ ।

संकटमोचन श्रीहनुमद् महायज्ञ तथा श्रीहनुमद् कथा श्रवणका लागि दैनिक एक लाख बढी भत्तजनहरुको सहभागिता हुने अनुमान गरिएको प्रवक्ता तिवारीको भनाइ छ । महायोगी सिद्धबाबाको सत्संकल्पअनुसार सञ्चालन गरिने संकटमोचन श्रीहनुमद् महायज्ञका लागि हवन मण्डप, हवन कुण्ड, आवास व्यवस्थापन, भोजनालय एवं धिरेन्द्रकृष्ण शास्त्री बागेश्वर धाम सरकारको कथा प्रवचनका लागि चार लाख वर्ग फिटको वृहद् पण्डालको व्यवस्थापन, खाना व्यवस्थापन, स्नान घर तथा शौचालय व्यवस्थापन लगायतको तयारी अन्तिम चरणमा पुगेको छ ।

धर्तीकै पहिलो तीर्थ वराह क्षेत्रको काख चतराधाममा कुम्भ मेलाको अवसरमा दैनिक धार्मिक सत्संग हुँदैआएको छ । धार्मिक विद्वानबाट दैनिक पाठपारायण र कथा प्रवचन समेत भइरहेको छ । दैनिक धार्मिक सत्सङ्गमा रमाउन र धार्मिक लाभ लिन धार्मिक पर्यटकहरु आउनेगरेका छन् । सप्तकोशी–कौशिकी तट किनारमा साँझमा महाआरती समेत हुँदैआएको छ ।

काठमाडौंबाट आउनु भएको भक्तजन राजु भण्डारीले नेपालको इतिहासमै पहिलो पटक श्रीहनुमानजीको अनुष्ठानात्मक दुर्लभ महायज्ञबाट लाखौ भक्तजनले लाभ लिनसक्ने बताउनुभयो । सङ्कटमोचन महायज्ञ र कथावाचनको क्रममा दीव्य सन्त दर्शन तथा सम्मेलन महायोग, ध्यान साधना र वराहक्षेत्र धामको ऐतिहासिक विवेचना समेत गरिने कार्यक्रम रहेको र आध्यात्मिक गुरुका रुपमा चर्चित धिरेन्द्र शास्त्री कुम्भमा हनुमद् कथा प्रवचनका लागि आउने भएपछि महाकुम्भ थप भक्तजनका लागि आकर्षणको केन्द्र बन्ने उहाँको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu