ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाजुराको जगन्नाथमा १० शय्याको अस्पताल सञ्चालनमा, जनशक्ति अभाव


एबीसी न्यूज
३० चैत्र २०८०, शुक्रबार   ३ : ०३   बजे

काठमाडौं ३० चैत । बाजुराको जगन्नाथ गाउँपालिकामा १० शय्याको अस्पताल सञ्चालनमा आएको छ । एक स्थानीय तह एक अस्पताल अन्तर्गत अस्पताल बनेको गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताए ।

बाजुराका ९ वटा स्थानीय तहमध्ये जगन्नाथ गाउँपालिकाले पहिले अस्पताल निर्माण गरी सञ्चालनमा ल्याएको छ । अस्पताल सञ्चालनमा ल्याइए पनि जनशक्ति र उपकरणको अभाव रहेको गाउँपालिका अध्यक्ष शाहीले बताए ।

चिकित्सक नभएका कारण अस्पताल हेल्थ असिस्टेन्ट र स्टाफ नर्सले चलाइरहेका छन् । १० शय्या अस्पतालमा २ जना एमबीबीएस चिकित्सकसहित २२ जना कर्मचारी रहने व्यवस्था छ ।

गाउँपालिकाले कोरोना महामारीका बेला कोरोना विशेष अस्पताल सञ्चालन गरेको थियो । त्यो बेला स्थानीय तहले केही स्वास्थ्यकर्मी करारमा राखेको थियो । अहिले उनीहरूलाई नै पुनः करारमा काम लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर शाहीले बताए ।

अस्पताल ११ करोड ७८ लाख ४५ हजार रुपैयाँ लागतमा निर्माण भएको हो । २०७८ जेठ १ देखि खड्कापूर्णा जेबी निर्माण सेवा सुर्खेतले निर्माण कार्यको सम्झौता गरेर काम सुरू गरेको थियो ।

अस्पताल सञ्चालनमा आएसँगै जगन्नाथ गाउँपालिकाका साथै स्वामीकार्तिक खापर गाउँपालिका र आसपासका बासिन्दाका लागि पनि सहज भएको छ । यसअघि सामान्य बिरामी हुँदा पनि मार्तडी जानुपर्थ्यो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group