ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘नयाँ वर्ष कांग्रेसका लागि पार्टी सुदृढीकरण गर्ने सुवर्ण अवसर’


एबीसी न्यूज
२ बैशाख २०८१, आइतबार   १२ : ३८   बजे

काठमाडौं २ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली कांग्रेसले नयाँ वर्ष २०८१ लाई शुद्धीकरण र सुदृढीकरणको वर्षको रुपमा मनाउनु पर्ने बताउनुभएको छ । उहाँले यो नयाँ वर्ष कांग्रेसका लागि पार्टी बनाउने सुवर्ण अवसर रहेको बताउनुभएको हो ।

समुदायमा कांग्रेस अभियान अन्तर्गत हुलाकी राजमार्ग केन्द्रित संवाद यात्राका क्रममा नेपालगन्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले नयाँ वर्षमा नयाँ अठोटका साथ पार्टी अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले कांग्रेसको जिउमा टाँसिएको गठबन्धन र भ्रष्टाचारको बिल्लालाई सबै मिलेर फालेर पार्टीलाई एक्लै देशको सबैभन्दा ठुलो पार्टी बनाउनु पर्नेमा विशेष जोड दिनुभयो ।

महामन्त्री थापाले भन्नुभयो, ूअब सरकारमा जाने कुरामा ध्यान नदिएर प्रतिपक्षमै रही पार्टी बनाउने अभियानमा लाग्नुपर्छ । भ्रष्टाचार र बेथितिलाई समाप्त पारेर कांग्रेसलाई अब नयाँ उत्साहका साथ अगाडि बढ्ने मौका आएको छ । यो मौकाको सदुपयोग गर्नुपर्छ ।ू

नयाँ वर्ष २०८१ लाई अवसरका रुपमा विकास गर्न पार्टी पङ्क्ति लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । राजनीतिक अस्थिरता अन्त्यका लागि सोच्नुपर्ने बेला आएको बताउँदै महामन्त्री थापाले अस्वस्थ राजनीतिक खेलले मुलुक बरबादीतर्फ गइरहेको टिप्पणी गर्नुभयो । उहाँले मुलुक बनाउन साझा सोच र दृष्टिकोणका साथ अगाडि बढ्नुपर्नेमा जोड दिँदै अनुत्पादक क्षेत्रमा भइरहेको लगानी बन्द गर्नुपर्ने बताउनुभयो ।

पालैपालो सबैले सरकार चलाएपनि देश बिकास हुन नसकेको, २० औँ वर्ष पहिले सुरु भएका पुल र सडक अझै पूरा हुन नसकेको प्रति दुख व्यक्त गर्दै कांग्रेस नेता थापाले अब त्यसरी काम नचल्ने चेतावनी समेत दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिको खोजी गर्न स्निफर डग परिचालन

भोटेकोसी बाढीमा सात जनाको शव फेला

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu