ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई लाख मतपत्र छापिँदै


एबीसी न्यूज
२ बैशाख २०८१, आइतबार   ३ : ०८   बजे

काठमाडौं २ बैशाख । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि करिब दुई लाख मतपत्र छापिने भएको छ । इलाम–२ र बझाङ–१ ९१० मा यही वैशाख १५ गते उपनिर्वाचन हुँदै छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दुवै क्षेत्रको उपनिर्वाचनका लागि डिजाइन स्वीकृत भइसकेको र आगामी साता मतपत्र छपाइ सुरु हुने जानकारी दिनुभयो । उहाँका अनुसार इलाम–२ का लागि एक लाख २८ हजार र बझाङ १ ९१० का लागि ६८ हजार मतपत्र छापिने छ ।

मतपत्र छपाइ भक्तपुरको सानोठिमीमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुरक्षण मुद्रणालय ९सेक्युरिटी प्रेस० मा हुने छ । इलाम–२ मा एक लाख १५ हजार ८८९ मतदाता छन् । बझाङ १ ९१० मा ६१ हजार ७४८ मतदाता छन् । दुवै क्षेत्रमा कुल मतदाताको १० प्रतिशत बढी मतपत्र छापिने छ । आयोगका प्रवक्ता पौडेलले इलाम प्रतिनिधि सभा सदस्य र बझाङ प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रका लागि एकै प्रकारको मतपत्र हुने बताउनुभयो ।

दुवै क्षेत्रको उपनिर्वाचनमा प्रयोग हुने मतपत्र सेतो पृष्ठभूमिमा रातो चिह्न र विवरण अङ्कित हुने छ । इलाम–२ मा १९ जना उम्मेदवार छन् । बझाङ १ ९१० मा ११ जना उम्मेदवार छन् । इलाम–२ मा १२ जना राजनीतिक दलका र सात जना स्वतन्त्र उम्मेदवार छन् । बझाङ १ ९१० मा उम्मेदवारी कायम रहेका ११ जना नै दलीय उम्मेदवार छन् ।

इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ १ ९१० बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group