ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुप्रिम सहकारीको अनुसन्धान टुंग्यायो प्रहरीले जीबी र दीपेशसहित २८ जना प्रतिवादी


एबीसी न्यूज
२ बैशाख २०८१, आइतबार   ३ : २४   बजे

काठमाडौं २ बैशाख । बुटवलको सुप्रिम सहकारी ठगीको जाहेरीमा प्रहरीले अनुसन्धान टुंग्याएको छ। जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले अनुसन्धान सकेर गत शुक्रबार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो।

प्रतिवेदन अध्ययन गरिरहेको जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका प्रमुख मुक्तिराम सुवेदीले बताए।

‘प्रहरीले प्रतिवेदन बुझाएको छ। हामी अध्ययन गरिरहेको छौं। प्रहरीले ल्याएका प्रतिवादीमा थपघट हुन पनि सक्छ त्यति नै जान पनि सक्छ’, नेपालखबरसँग कुरा गर्दै सुवेदीले भने।

 

प्रहरीले यो सहकारी ठगीमा ८६ करोड १८ लाख बिगो दाबी गर्दै २८ जनालाई प्रतिवादी बनाउन राय दिएको छ। सहकारीका संस्थापक जीबी भन्ने गितेन्द्रबाबु राई, अध्यक्ष ओमप्रकाश गुरुङ, दीपेशकुमार पुन, कुमार रम्तेल, दुर्गा चापागाईं पाण्डे, भवीश्वर अर्यालसहितलाई प्रतिवादी बनाउन प्रहरीको राय छ।

यस्तै प्रहरीले नीता थापा, दीपक न्यौपाने, रोशनी गुरुङ, सागर केसी, सुरज श्रेष्ठ, राजु बराल, धीरजकुमार दास, असव अलि सिद्धिकी, बुद्धि गुरुङ, आशिस आनन्त, मोजहर मोहम्मद, लिगल ढुंगाना, औबहादुर गुरुङ र स्यान्जिक राजभण्डारीलाई पनि प्रतिवादी बनाउन राय दिएको छ।

भुपेन्द्र राई, हेमन्त अधिकारी, कविता तामाङ र नवीन अछामीलाई पनि प्रतिवादी बनाउन प्रहरीको राय छ।

यीमध्ये अध्यक्ष ओमप्रकाश गुरुङ, दुर्गा चापागाईं पाण्डेय र पूर्वकोषाध्यक्ष दीपेश पुन पक्राउ परेका छन्। कुमार रम्तेलसहित केही प्रतिवादी पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्। अन्य प्रतिवादीहरू भने फरार रहेको प्रहरीले जनाएको छ।

दीपेश पुन पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group