ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उन्मुक्तिको रञ्जिता पक्षबाट कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबेदारी प्रस्तुत गर्दै


एबीसी न्यूज
२ बैशाख २०८१, आइतबार   ४ : ०२   बजे

काठमाडौं २ बैशाख ।  सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षबाट सो पार्टी प्रदेश सभा सदस्य कैलाश चौधरीले पनि मुख्यमन्त्री पदमा दाबेदारी प्रस्तुत गर्नुहुने भएको छ।

चौधरीले नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र ०, नागरिक उन्मुक्ति र स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबेदारी प्रस्तुत गर्नुहुने भएको हो।

एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले केही समयपछि प्रदेश प्रमुख नाजिर मियाँलाई भेटेर मुख्यमन्त्रीको दाबेदारी प्रस्तुत गर्ने बताउनुभयो।उहाँले एमाले, माओवादीका १०÷१०, उन्मुक्तिका छ र स्वतन्त्र एक गरेर २७ जनाले कैलाशको पक्षमा हस्ताक्षर गर्ने बताउनुभयो।

उन्मुक्तिको आन्तरिक विवादले कैलाशको पक्षमा दुई जना मात्र छन्।प्रदेश सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक हुन्छ।हाल ५३ सदस्यीय प्रदेश सभामा ५१ जना छन्।एक जनाको मृत्यु भएको र एक जनाको प्रदेश सभा सदस्यको पद खारेज भएको छ।

यसअघि आइतबार नै उन्मुक्तिका संरक्षक रेशमलाल चौधरी पक्षधर लक्ष्मणकिशोर चौधरीले कांग्रेसका १८, उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार र राप्रपाका एक गरेर ३१ जनाको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दाबेदारी प्रस्तुत गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

सम्बन्धित

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu