ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कानुन निर्माणको रफ्तार बढाउन आवश्यक : राष्ट्रियसभा अध्यक्ष


एबीसी न्यूज
३ बैशाख २०८१, सोमबार   ३ : २१   बजे

काठमाडौं ३ बैशाख । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले कानुन निर्माणको काम जुन रफ्तारमा हुनुपर्ने हो त्यसरी हुन नसकेको बताउनुभएको छ ।

संसदीय अभ्यास, प्रक्रियाको जानकारी एवम् प्रभावकारी भूमिकाका लागि सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुसँगको अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्नुहुँदै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।

नयाँ संविधान निर्माणसँगै देशमा सङ्घीय शासन प्रणालीको सुरुवात भएको उल्लेख गर्नुहुँदै अध्यक्ष दाहालले संविधानको कार्यान्वयनका लागि सङ्घीय शासन व्यवस्था अनुसारका थुप्रै ऐन बनाउनुपर्ने काम अझैं बाँकी रहेको बताउनुभयो ।

 

“अहिले कानुन निर्माणको आवश्यकता र कानुन निर्माणको जुन रफ्तार छ, यसले ठूलो अन्तरविरोध पैदा भएको छ,” अध्यक्ष दाहालले भन्नुभयो, “नयाँ संविधान निर्माण भइसकेपछि जुन रफ्तारमा कानुन निर्माण हुनुपर्ने हो त्यसरी हुन सकिरहेको छैन । यसतर्फ कानुन निर्माणको जिम्मेवारी लिएका सांसद र सङ्घीय संसद् गम्भीर हुनु जरुरी छ ।”

समयमै कानुन निर्माण गर्न नसक्दा अन्योल र निराशाको खतरा बढिरहेको भन्दै अध्यक्ष दाहालले देशलाई आवश्यक ऐन कानुन निर्माण गरेर संविधान कार्यान्वयनको कार्यभार पूरा गर्न सबै प्रतिबद्ध र इमानदार हुनुपर्नेमा जोड दिनुभयो ।

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रमले संसदीय अभ्यास र प्रक्रिया बुझ्न महत्त्वपूर्ण हुने भन्दै अध्यक्ष दाहालले सिक्ने काम कहिल्यै नसकिने भएकाले यस्ता कार्यक्रमहरु सबैका लागि नियमित सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।

कानुन निर्माणका विभिन्न चरणहरुबारे सिक्न, विधेयकमा छलफल, संशोधन र कानुनी कार्यमा पोख्त हुन बेला बेलामा यस्ता अन्तरक्रिया, गोष्ठी र छलफल हुनु जरुरी रहेको उहाँको भनाइ थियो ।

अभिमुखीकरणमा विधेयक निर्माण प्रक्रिया, विधेयकको संसदीय चरण, संशोधन प्रक्रिया, प्रत्यायोजित व्यवस्थापन र सांसदहरुको भूमिकाका बारेमा संविधानविद् काशीराज दाहालले सहजीकरण गर्नुभएको थियो भने राष्ट्रिय सभाका समितिहरु र निगरानीसम्बन्धी कार्यका बारेमा राष्ट्रिय सभाका पूर्वसदस्य राधेश्याम अधिकारी, सङ्घीयता, सङ्घ प्रदेश र स्थानीय तहबिचको अन्तरसम्बन्ध तथा वित्तीय सङ्घीयताबारे राष्ट्रिय सभाका पूर्व सदस्य डा। खिमलाल देवकोटाले प्रस्तुति गर्नुभएको थियो ।

त्यसैगरी, संसदीय मर्यादा र अन्तर्राष्ट्रिय अभ्यासका विषयमा राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संसदमा प्रभावकारी भूमिकाका लागि महिला सांसदहरुको सशक्तीकरणबारे पूर्वसभामुख ओनसरी घर्ती, लैङ्गिक तथा समावेशी मुद्दामा संसद र संसदीय समितिहरुले खेल्नुपर्ने भूमिकाका विषयमा राष्ट्रिय सभाका निवर्तमान सभापति दिलकुमारी रावल थापा पार्वतीले बोल्ने कार्यक्रम छ ।

त्यस्तै, राष्ट्रिय सभाको संशोधित नियमावली र सभाको प्रभावकारिताबारे राष्ट्रिय सभाका सचिव डा। सुरेन्द्र अर्याल र सङ्घीय संसद् सचिवालय, साङ्गठनिक संरचना र सेवा प्रवाहबारे सचिवालय सचिव सुदर्शन खड्काले जानकारी दिने कार्यक्रम छ ।

सङ्घीय संसद् सचिवालयले आयोजना र जनसङ्ख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चको सहकार्यमा भएको एकदिने अन्तरक्रिया कार्यक्रमको उद्घाटनका अवसरमा सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेले स्वागत तथा कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो भने जनसङ्ख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चका महासचिव तथा संविधान सभा सदस्य डा। भीष्मनाथ अधिकारीले विषय प्रवेश गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group