ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरिजङ्घामा रहेको सडकको अवस्था लाजमर्दो


एबीसी न्यूज
३ बैशाख २०८१, सोमबार   ३ : ४२   बजे

काठमाडौं । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका सुदुर पुर्वको पर्यटकीय क्षेत्र हो । यहाँ पाथिभरा जस्तो पबित्र तिर्थस्थल र कञ्चनजंघा जस्तो नेपालको दोश्रो अग्लो हिमाल पर्दछ । सिरिजङ्घामा एसियाको ठूलो धुपी सल्ला छ । एसियाकै लामो ग्ल्यासिएर पनि यही गाउँपालिकामा रहेको छ । यिनै मनमोहक दृष्य र रमाइलोमा भुल्न बर्षिक लाखौं पर्यटकहरू यस क्षेत्रमा आउने गर्दछन् । राम्रो सडक सुबिधा भएको खण्डमा पर्यटकको चाप अझै गुणात्मक हिसाबले बढ्ने प्रवल सम्भावना रहेको छ ।२०८० सालको अन्तीम महिना चैत्रमा सिंहदरबारमा बजेट माग्नेको मेला नै लाग्यो । त्यो मेलामा सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा. चित्र माबो पनि थिए । उनले चिया गफमा मजाक गर्दै भनिरहेका थिए, “ अधिकांश नेता, सांसद र गाउँपालिकाका प्रमुख, उपप्रमुखले भरिएको सिहदरबारको यो अवस्था हेर्दा राष्ट्रिय योजना आयोग र मन्त्रालय अरुबेला काम नै नगरी सुतेर बस्छ कि क्या हो । देश त्यतिकै टाँट पल्टिएको होइन नि १ यो मेला चलाएर आँखा चिम्म गरेर बाँडेको पैसोले देश कसरी बन्छ ?”

डा. माबोले यो कुरो पनि खुलाए कि सिरिजङ्घा बौद्धिक र प्रभावशाली व्यक्तिहरु जन्मिएको ठाउँ पनि हो । यो ठाउँमा जन्मिएका ३ जना अहिले बहालवाला संघिय संसद छन । सभामुख देबराज घिमिरे पनि यसै गाउँपालिकाको तीन नम्बर वडाका हुन् । लीला बोखिम, उर्मिला थेवे संघीय संसदमा छन् । नेपाली कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता ठुला दलको जिल्ला नेतृत्व पनि अहिले यहीँ गाउँपालिकाले पाएको छ । त्यति मात्र नभएर दलको भातृसंगठनको नेतृत्वहरु पनि यही पालिकाबाट छन् तर पनि नाथो एउटा सडक पनि बन्न सकेको छैन । ठुला मान्छे छन् भनेर के गर्व गर्नु ? सबै जुठेल्ना सजाउन खोज्छन्, प्रमुख समस्या के हो बुझ्दैनन् । गर्वसँगै गुनासो पनि गरिरहेका थिए उपाध्यक्ष डा। माबो । यो बर्ष ८, ९, १०,१२ वा १५ किलोमिटर जति भए पनि सिरिजङ्घामा बाटो निर्माण हुनुपर्छ । सबै दलका नेताहरुले यो कुरो महसुस गरेका छन् कि यो अति आवस्यक बाटो हो । यस पालिकाका सबै ठूला र प्रभावशाली व्यक्तिहरुले उपयुक्त पहल गर्नेमा आफू धेरै विश्वस्त रहेको बताउदै उपाध्यक्ष डा. माबोले थपे, “त्यति मात्र कहाँ हो र ? सिरिजङ्घा गाउँपालिकाले अहिलेको सडक मामिला हेर्ने बहालवाला प्रदेशका भौतिक मन्त्रीको पाँचथर जिल्लाको निर्वाचन क्षेत्र पनि आधा उधि भेटेको छ ।”

वास्तवमै यो सडक नबनिनुले यस क्षेत्रबाट उठेका भिआइपीहरुलाई गिज्याइ रहेको छ । अब पनि यो सडक नबन्नु भनेको त झन् लाजमर्दो अवस्था हो । प्रसिद्ध हास्यकलाकार मनोज गजुरेलको “गजुरियल” भन्दा बढी ब्याङ्गय सहितको हाँस्यपुर्ण हुनेछ । नेपाल सरकारका पर्यटन मन्त्री भईसकेका एमाले सचिव योगेश भट्टराईले जितेको ताप्लेजुङको यस क्षेत्रको सडकले माननीय योगेशलाई खोजिरहेको छ । यति प्रभावशाली र ठूला भनिएका नेताहरु हुँदा पनि सिरिजङ्घामा पिच सडक नबन्दा नेताहरु मात्र भएर पनि के नै हुँदो रहे छ र भन्ने जनगुनासो व्यप्त पाइन्छ । त्यसैले पनि चालु आर्थिक बर्षमा सिरिजङ्घा गाउँपालिकाको यो बाटो पिच हुन आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

सम्बन्धित

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu