काठमाडौ ६ बैशाख । रुससँगको युद्धमा युक्रेनले हार्यो भने विश्वले तेस्रो विश्वयुद्धको सामना गर्नुपर्ने युक्रेनका प्रधानमन्त्रीले चेतावनी दिएका छन । प्रधानमन्त्री डेनिस स्मिहलले अमेरिकी कांग्रेसलाई राहत विधेयक तत्काल पारित गर्न माग पनि गर्नुभएको बीबीसीले जनाएको छ ।
युक्रेनलाई राहत प्याकेज दिने विषयमा अमेरिकी संसदमा शनिवार मतदान हुँदैछ । रुसले युक्रेनमा निरन्तर आक्रमण गर्दै आएको छ । गएको वर्ष युक्रेनी राष्ट्रपति भोलेदिमिर जेलेन्स्कीले तेस्रो विश्वयुद्ध शुरु गर्न रुसले पोल्यान्डमा आक्रमण गर्न सक्ने दाबी गर्नुभएको थियो । तर त्यो दाबीलाई रुसले अस्वीकार गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्