एसएसपी दीपक थापाका अनुसार उनीहरु नेपाल आएको सीआईबी र नेपाल प्रहरीको संयुक्त टोलीको सर्च टोलीसंग जम्काभेट हुंदा पुन मारिएको बताइएको छ । बुधबार विहान चितवन छिर्नका लागि लुकिछिपी हिंडिरेको अवस्थामा देवदह नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग जम्काभेट हुंदा पुन भाग्ने खोजका थिए । प्रहरीले पक्राउ गर्ने क्रममा पुनले प्रहरीलाई आक्रमण गर्दै भाग्न खोजेपछि जवाफी कारबाहीमा मारिएको थापाले जानकारी बताए ।घटनास्थलमा गोली लागेर घाइते भएका दुबै जनालाई तत्काल उपचारको लागि लुम्विनी अञ्चल अस्पताल बुटवलमा लगिएको थियो ।
कुख्यात गुण्डा नाइके मनोज पुन प्रहरीको मोस्टवान्टेड सूचीमा थिए । उनले युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको जिम्मा लिएका थिए । साथै निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा पनि उनकै संलग्नता रहेको थियो । पछिल्लो समयमा १ सय भन्दा बढी व्यापारीसंग चन्दा असुलीको धम्की दिएर सताएका उजुरी परेको प्रहरीले बताएको छ ।
Comment Here!