ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी केन्द्र छाडेका शर्मा पतिपत्नी जसपा प्रवेश गर्दै


एबीसी न्यूज
९ बैशाख २०८१, आइतबार   १ : ०८   बजे

काठमाडौं ९ बैशाख । नेकपा माओवादी केन्द्र छाडेका केन्द्रीय सदस्यद्वय रामकुमार शर्मा र इन्दु शर्मा आज जनता समजवादी पार्टी ९जसपा० प्रवेश गर्दैछन्। शर्माद्वय पतिपत्नी हुन्।

महोत्तरी सदरमुकाम जलेश्वरमा आइतबार दिउँसो हुने कार्यक्रममा जसपाका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले उनीहरुले स्वागत गर्ने तयारी छ।

जलेश्वर घर भएका रामकुमार विगत लामो समयदेखि माओवादी नेतृत्वसँग असन्तुष्ट थिए। एक महिनाअघि मात्रै उनले माओवादी केन्द्र परित्याग गरेका थिए।

‘आज म जसपामा प्रवेश गर्दै छु,’ रामकुमार शर्माले नेपालखबरसँग भने, ‘जसपासँग मेरो ‘केमेस्ट्री’ पनि मिल्छ। तत्कालीन मधेसी जनअधिकार फोरममा उपेन्द्र ९यादव०जी अध्यक्ष हुँदा म महासचिव थिएँ। उपेन्द्र जीलाई छाडेर माओवादी जनयुद्धमा लागेको म आज माओवादी छाडेर जसपामा जाँदै छु।’

धेसी जनअधिकार फोरम पार्टीका रूपमा दर्ता हुनुअघि गैरसरकारी संस्था ९एनजीओ० थियो।

०७९ मा भएको आमनिर्वाचनमा माओवादीले दिएको टिकट पनि फिर्ता लिएपछि रामकुमार पार्टी नेतृत्वसँग असन्तुष्ट थिए। त्यतिबेलैदेखि उनको अध्यक्ष प्रचण्डसहितका नेताहरूसँग राम्रो सम्बन्ध थिएन।

डेढ वर्षभन्दा लामो समयसम्म पार्टीमा निष्क्रिय बसेका रामकुमार आज औपचारिकरूपमा जसपामा प्रवेश गर्न लागेका हुन्।

पार्टीले दिएको टिकट पनि खोसेपछि आगो भएका शर्माले चुनावअघि नै नेकपा एमाले वा जसपा प्रवेशको तयारी गरेका थिए। त्यतिबेला उनले माओवादी छाड्ने घोषणा गरेका थिए।

माओवादी छाड्छु, एमाले–जसपा गठबन्धनलाई सघाउँछु स् रामकुमार शर्मा ९अन्तर्वार्ता०
०७९ मा महोत्तरी क्षेत्र नम्बर ३ को प्रदेश सभा ९ख० मा माओवादीले रामकुमारलाई दिएको टिकट खोसेर लोसपालाई सघाएको थियो। त्यतिबेला मनोनयनकै दिन टिकट खोसिएपछि शर्माले प्रचण्डको तीव्र आलोचना गरेका थिए।

शर्मालाई दिएको टिकट खोसेर माओवादीले महोत्तरी ३ मा सत्ता गठबन्धनबाट लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई सघाएको थियो भने महोत्तरी ३ ‘क’बाट लोसपाकै अभिराम शर्मा विजयी भएका थिए।

जसपा प्रवेश गर्न लागेकी इन्दु शर्मा योभन्दा अघिल्लो प्रतिनिधिसभामा माओवादी केन्द्रबाट समानुपातिक कोटाबाट सांसद बनेकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

सम्बन्धित

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu