काठमाडौं, ९ फागुन । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा चार जना श्रष्टालाई सम्मान गरेको छ ।
कार्यक्रममा मातृभाषा सेवा पुरस्कार २०७४ बाट निराजन राई, तेजेन्द्र ताजपुरिया, तिलक चाम्लिङ र हेमा आलेलाई पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशी जनही ३० हजार रुपैयाँ रहेको छ ।
प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङ, सदस्य सचिव गोविन्दलाल माझी, पूर्व सदस्यसचिव लोकबहादुर थापा, संयुक्त राष्ट्रसंघको आदिवासी जनजातिसम्वन्धी स्थायी समितिका उपाध्यक्ष फुलमान चौधरी लगायतले पुरस्कृत व्यक्तित्वहरुलाई प्रशंसा पत्र, दोसल्ला र नगद प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा आदिवासी जनजातिसम्वन्धी विभिन्न संघसंस्थाका अध्यक्ष, पदाधिकारी र सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्