ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सबै नेताको सम्पत्ति छानबिन होस्, सुरुवात मेरैबाट गरौं : पूर्वप्रधानमन्त्री डा. भट्टराई


एबीसी न्यूज
१० बैशाख २०८१, सोमबार   ५ : १३   बजे

काठमाडौं १० बैशाख । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले सबै नेताहरुको सम्पत्ति छानबिन हुनुपर्ने बताउनुभएको छ ।

अर्घाखाँचीको मालारानी–५ गुराँसेमा आयोजिक एक कार्यक्रममा डा। भट्टराईले नेताहरुको सम्पत्ति छानबिन गर्न पूर्वप्रधानमन्त्रीका हैसियतमा आफै‌ंबाट सुरु गर्न तयार रहेको भन्दै सरकारलाई चुनौती दिनुभयो ।

उहाँले प्रचण्ड नेतृत्वको वर्तमान सरकार असफलताउन्मुख रहेको दाबी गर्दै राजनीतिक दलहरु स्वार्थ र फाइदाका पछाडि हिँड्ने प्रवृत्तिले मुलुकमा भ्रष्टाचार दिनप्रतिदिन मौलाएको टिप्पणी गर्नु भयो ।

वर्तमान सरकारसँग भ्रष्टाचारीलाई जेल हाल्ने तागत छैन, डा। भट्टराईको भनाइ थियो, ुबाह्य लगानी घटेको छ, व्यापार घाटा बढेको छ, विकास खर्चसमेत लक्ष्यअनुसार भएको छैन । सरकार असफल भइसक्यो । त्यसैले वर्तमान सत्ता गठबन्धन पनि धेरै दिन टिक्न सक्दैन । भट्टराईले सरकारले भ्रष्टाचारीलाई कारबाही गर्नेभन्दा पनि आफ्ना नेतालाई जोगाउने र अरुसँग प्रतिशोध साँध्ने गरेको आरोप लगाउनु भयो ।

डा। भट्टराईले नेपालका राजनीतिक दलहरु केटाकेटी खेलेजस्तै सरकार बनाउने र भत्काउने खेलमा लाग्दा देशमा विकास हुन नसकेको बताउनु भएको छ । उहाँले अब देशमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुपर्नेमा जोड दिनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

सम्बन्धित

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu