ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसको इतर भेलाको समापनमा किन गएनन् पूर्णबहादुर खड्का?


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ७ : १५   बजे

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का संस्थापनइतर समूहले आयोजना गरेको तीन दिने राष्ट्रिय भेलाको समापन कार्यक्रममा सहभागी भएनन् । पूर्वसभापति शेरबहादुर देउवानिकट मानिने खड्का पछिल्लो समय देउवासँगै असन्तुष्ट रहेको बताइए पनि उनी पार्टीभित्र समानान्तर गतिविधि अघि बढाउने पक्षमा नरहेको स्रोतको दाबी छ ।

जेनजी आन्दोलनपछि तत्कालीन सभापति देउवाले राजनीतिबाट विश्राम लिने घोषणा गर्दै खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । त्यसपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पहलमा विशेष महाधिवेशन आयोजना भई नयाँ नेतृत्व चयन भएको थियो । त्यससँगै कांग्रेसभित्र नेतृत्वको विवाद चर्किएको थियो ।

निर्वाचन आयोग र अदालतको प्रक्रियाबाट गगन थापा नेतृत्वको कांग्रेसले वैधानिकता पाएपछि इतर पक्षका अधिकांश नेता सोही समूहबाट निर्वाचनमा सहभागी भए । तर खड्काले टिकट पाएनन् । इतर पक्षबाट निर्वाचन लडेका अधिकांश उम्मेदवार पराजित भएपछि पार्टीभित्र समानान्तर गतिविधि सुरु भएको थियो ।

स्रोतका अनुसार खड्का भने यस्तो समानान्तर गतिविधिको पक्षमा छैनन् । राष्ट्रिय भेला आयोजना गर्ने विषयमा समेत उनी सहमत थिएनन् । यही कारण भेलाको समापनमा उनको अनुपस्थिति अर्थपूर्ण रूपमा हेरिएको छ ।

शशांकलाई जिम्मेवारी

खड्का भेलामा सहभागी नभएपछि पूर्वमहामन्त्री डा. शशांक कोइराला इतर समूहमा सक्रिय देखिएका छन् । भेलाको समापनमा सहभागी नेताहरूले उनलाई १५औँ महाधिवेशनको तयारी अघि बढाउने जिम्मेवारीसमेत दिएका छन् ।

भेलाले देउवा नेतृत्वकै कार्यसमितिलाई आधार मानेर आगामी नियमित महाधिवेशनको तयारी अघि बढाउने निर्णय गरेको बताइएको छ । महाधिवेशनसम्बन्धी आवश्यक कामको संयोजन गर्ने जिम्मेवारी शशांक कोइरालालाई दिइएको छ ।

पार्टी विभाजनको पक्षमा छैनन् खड्का

स्रोतका अनुसार खड्का कांग्रेस विभाजनको पक्षमा छैनन् । पार्टीको आधिकारिकतासम्बन्धी विवादमा अदालतले पुनरावलोकनको आदेश दिइसकेकाले अब अदालतको अन्तिम फैसला पर्खिनुपर्ने उनको धारणा छ ।

भेलाको पहिलो दिन भने खड्का सहभागी भएका थिए र देउवाकै नेतृत्वमा कांग्रेसलाई एकताबद्ध गर्नुपर्ने धारणा राखेका थिए । स्रोतका अनुसार उनी पहिलो दिन पनि भेलामा सहभागी हुने–नहुने विषयमा अन्योलमा थिए । देउवा स्वदेश फर्किएपछि उनी भेलामा सहभागी भएका थिए ।

तर समापन समारोहमा भने खड्का अनुपस्थित रहे । पछिल्लो अवस्थाले उनी इतर समूहले सञ्चालन गर्ने समानान्तर गतिविधिमा सक्रिय रूपमा सहभागी नहुने संकेत गरेको स्रोतको दाबी छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अवसर लिनेहरू नै असन्तुष्ट भए : ओली

भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ काठमाडौंमा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Private Sector Key to Expanding Nepal’s Electricity Market, Experts Say

Indian Army Chief Begins Four-Day Visit to Nepal

अवसर लिनेहरू नै असन्तुष्ट भए : ओली

भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ काठमाडौंमा

Yemen Conflict Escalates as Houthi Attacks Target Marib and Al-Makha

China Launches Twenty-Fourth Group of Low-Orbit Internet Satellites

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu