ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गणतन्त्रको सबलीकरणका लागि सबै राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली


एबीसी न्यूज
१० बैशाख २०८१, सोमबार   ५ : २०   बजे

काठमाडौं १० बैशाख । नेकपा एमाले० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र रक्षा र सबलीकरणमा एकताबद्ध हुन सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।

ललितपुरको गोदावरीमा सोमबार आयोजित नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० स्थापनाको हीरक महोत्सव समारोहमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सबलीकरणको बाटोमा सबै एक ठाउँमा उभिने मिल्ने अवस्था रहेको पनि बताउनुभयो ।

उहाँले विद्यमान व्यवस्थालाई माध्यम बनाएर सुशासन र विकासको काममा अघि बढ्नुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले पूर्वराज्ञा ज्ञानेन्द्र शाहप्रति सङ्केत गर्दै प्रतिगमनको कुरा गरेर कहीँ पनि पुग्न नसकिने बताउनुभयो । उहाँले सरकार र वर्तमान सत्तारुढ दलहरुले पनि मुलुकबाट गरिबी हटाउने गरी ठोस योजना बनाउने, भ्रष्टाचारको अन्त्य गर्ने र राष्ट्र र राष्ट्रिय हितको पक्षमा अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अहिले हामी सहकार्यको माध्यमबाट निकट हुँदै जान्छौँं । अहिले सहकार्यको माध्यामबाट अगाडि बढ्छौँ । क्रमशः हामी एकताको बाटोमा पुग्न सक्छौँ । त्यस बिन्दुमा पुग्न सक्छौं । तर अहिले नै एकीकरण गरौं, देशभरिका सबै मिलौं भन्ने हो भने किन फुटेका थियौं रु के भएर फुटेका थियौं रु यस्ता प्रश्न उठ्छन् । अहिले सहमती, सहकार्य । सहकार्यका निम्ति सहमतिबाट जाऔं । अर्को कुरा के हो भने अहिले यतिबेला ठयाक्कै वामपन्थीहरु मिलेर मात्रै अगाडि बढ्ने अवस्था होइन । देशभक्त शक्तिहरु राष्ट्रिय शक्तिको रुपमा जसले काम गर्न मञ्जुर गर्छ, त्यस्ता शक्तिहरु, देशको पक्षमा, सार्वभौमसत्ताको पक्षमा, देशको स्वाधीनताको पक्षमा, स्वतन्त्रताको पक्षमा भौगोलिक अखण्डताको पक्षमा, राष्ट्रिय हितहरुको पक्षमा र राष्ट्रिय स्वाभिमानको पक्षमा हुने मानिसहरु । भ्रष्टचार नगर्ने र भ्रष्टाचार हुन नदिने, भ्रष्टाचार नियनन्त्रणको पक्षमा हुने व्यक्ति र शक्तिहरु । त्यसै गरेर विकासलाई अघि बढाउनुपर्छ ।’’

उहाँले भन्नुभयो, ‘‘समाजमा शान्ति र सुव्यवस्था कायम गर्नुपर्छ, अनेक प्रकारका साम्प्रदायिक विद्वेष भड्काउने खालका, देशको विविधतालाई दुरुपयोग गर्ने खालका हाम्रा भाषा, जातजातिका संस्कृतिको सम्मान गर्न छोडेर तिनका बीचमा अविश्वास बढाउने, त्यस्ता खालको क्रियाकलाप गर्‍यो भने देश बिथोलिन्छ । देशमा अनेकता हुन्छ । देशमा एकता भएर राष्ट्र निर्माण गर्ने अभियानलाई यसले कुठाराघात गर्छ, त्यसले । त्यसकारण त्यस्तो नगर्ने राष्ट्रिय एकताको पक्षमा रहेका यस्ता शक्तिहरु मिलेर अगाडि बढ्न सकिन्छ । दुई वटा पक्ष छ एकताका । अहिले सिङ्गै देश एक हुनुपर्दछ । सिङ्गै देश के कुरामा एक हुन सकिन्छ भने अहिल सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरौं, सबल बनाऔँ ।’’

उहाँले अहिले हामी सरकारमा हुनेहरुको अहिलेको प्रमुख कर्तव्य गरिबीको अन्त्य गर्नु रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘गरिवी निवारण गरौँ हामीले ठोस कार्यक्रम त्यसका लागि बनाउनुपर्दछ । त्यो काम भ्रष्टाचार नियन्त्रण गरेर विकासका ठोस योजनाहरु ल्याएर नयाँ ढङ्गले प्रयोग गर्न सक्छौँ । सरकारमा रहेका दलहरुले यी कुराहरुलाई ध्यान राखेर फराकिलोपनका साथ र साँच्चै हामीले केही गर्नुछ भन्ने कुरालाई ध्यानमा राखेर पोलिटिक्सलाई खाली प्रचारबाजीको विषय होइन, उपलब्ध प्राप्त गर्ने विषयको रुपमा अगाडि बढाउनुपर्छ । यस हिसाबले हामी अगाडि बढ्नुपर्छ भन्ने कुरा म राख्न चाहन्छु ।’’

ओलीले एमालेले नाजायज ढङ्गले कुनै पनि खालको अडान नराख्ने जिकिर गर्नुभयो । उहाँले तत्काल वामपन्थीहरु एकता हुने अवस्था नरहेको पनि दोहोर्‍याउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group