ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मदनको हत्यारा पत्ता लगाऔँ : सभापति देउवा


एबीसी न्यूज
१० बैशाख २०८१, सोमबार   ५ : २४   बजे

काठमाडौं १० बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता लगाउन आवश्यक रहेको बताउनुहुँदै त्यसका लागि पहल गर्न आग्रह गर्नुभएको छ ।

सोमबार ललितपुरको गोदावरीस्थित सनराईज हलमा नेकपा ९एमाले० द्वारा आयोजित नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० स्थापनाको हीरक महोत्सव समारोहमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । मदन भण्डारीको हत्यारा किन पत्ता लगाउन नसकेको भन्दै सभापति देउवाले प्रश्न गर्नुभयो । मदन भण्डारीको हत्यारा पत्ता लगाउन अहिलेसम्म नसकेको सभापति देउवाको भनाइ छ ।

उहाँले मदन भण्डारी आफूहरूको पनि नेता भएको चर्चा गर्नुहुँदै भन्नुभयो, “हत्यारा पत्ता लगाउने काम किन गरिएन रु”

दुई पटक राष्ट्रपति हुँदा र एमालेको नेतृत्वमा पटक–पटक सरकार बन्दा पनि सो हत्याकाण्डको रहस्य पत्ता लगाउने काम नभएको बताउनुभयो । सभापति देउवाले त्यसमा कांग्रेसले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । सभापति देउवाले भन्नुभयो, ‘कांग्रेसलाई गाली गर्नुभन्दा मदन भण्डारीको हत्यारा पत्ता लगाउनेतर्फ लाग्नुस् ।”

सभापति देउवाले नेपाली कांग्रेस सधैँभर देशको महत्त्वपूर्ण मुद्दामा विद्यमान राजनीतिक दलहरूबिच संवाद, सहमति र सहकार्यको नीति लिँदैआएको र त्यसको निरन्तरताको पक्षमा रहेको पनि बताउनुभयो । उहाँले संसदमा प्रतिपक्षले उठाएको विषयलाई गम्भीरतापूर्वक लिन पनि सरकार र सत्तारुढ दलहरूलाई आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सम्बन्धित

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu