ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युतीय प्रणालीबाट मात्रै बोलपत्र गर्ने व्यवस्था बदर


एबीसी न्यूज
१२ बैशाख २०८१, बुधबार   १० : ४२   बजे

काठमाडौं १२ बैशाख । अदालतले सार्वजनिक निकाय तथा सरकारी कोषबाट हुने बोलपत्र, पूर्वयोग्यता, निर्माण तथा परामर्श सेवासम्बन्धी सेवा खरिद प्रक्रिया विद्युतीय प्रणालीबाट मात्र गर्ने व्यवस्था बदर गरेको छ । विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका–२०८० को दफा ४५ मूल ऐनसँग बाझिएको भन्दै पूर्ण बदर गरिदिएको छ । साथै दफा ५ को विद्युतीय प्रणालीबाट मात्र खरिद हुनुपर्ने निश्चित शब्दावली अदालतले बदर गरेको छ ।

न्यायाधीशद्वय सुषमालता माथेमा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले उक्त व्यवस्था प्रचलित कानुनभन्दा सङ्कुचित बनाउन भएको ठहर गरेको छ । निर्देशिकाको व्यवस्था संवैधानिक प्रावधान, सूचनाको हकसम्बन्धी कानुन र अन्तर्राष्ट्रिय मान्यता प्रतिकूल हुने भन्दै अदालतले उक्त व्यवस्था बदर गरेको हो ।

अदालतले निर्देशिकाको दफा ४५ मा रहेको अन्य माध्यमबाट सूचना प्रकाशन गर्नु नपर्ने व्यवस्था अदालतले बदर गरेको छ । यस्तै अनिवार्य रूपमा विद्युतीय माध्यमबाट मात्र सूचना प्रकाशनको व्यवस्था पनि मूल ऐनसँग बाझिएको ठहर गरेको छ । अदालतले २०८० पुस २० गतेदेखि लागु हुने गरी ती व्यवस्था बदर गरेको हो । पुस २० गतेको फैसलाको पूर्णपाठ भने अदालतले हालै मात्र सार्वजनिक गरेको छ ।

सर्वोच्चको पूर्णपाठमा भनिएको छ, “मिति २०८० साल पौष महिना २० गते शुक्रबारका दिनदेखि प्रभावी हुने गरी विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका, २०८० को दफा ५ को ‘मात्र’ भन्ने शब्द र दफा ४५ उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ ।’’ यस्तै अदालतले सरकारी निकायबाट हुने विज्ञापनबापतको खर्च हुने रकमको ३ प्रतिशत विज्ञापन बोर्डमा जम्मा गर्ने व्यवस्था कानुनसम्मतै रहेको ठहर गरेको छ । निवेदकले उक्त व्यवस्था बदरको माग गरे पनि अदालतले निर्देशिकाको उक्त व्यवस्था विज्ञापन एजेन्सीको भुक्तानी प्रक्रियामा कुनै असर नपरेको बरु व्यवसायलाई थप पारदर्शी बनाउन सहयोग पु¥याउने अदालतको ठहर छ । पूर्णपाठमा भनिएको छ, “विज्ञापन एजेन्सीको सेवा शुल्क खुल्ने बिलका आधारमा भुक्तानी गर्नुपर्ने व्यवस्था संशोधित नियमावलीको नियम ६

९क० २ मा गरिएको देखिन्छ । उक्त व्यवस्थाबाट विज्ञापन एजेन्सीको सेवा शुल्क पारदर्शी हुने र सरकारी खर्चमा व्यापक कटौती हुने तथा विज्ञापन प्रकाशन तथा प्रसारणकै क्रममा भएको चुहावट रोकिने र विज्ञापन बजार पारदर्शी हुने देखिन्छ ।”

सरकारी कार्यालय र निकायबाट हुने विज्ञापनको एजेन्सी सेवा शुल्क १५ प्रतिशतभन्दा बढी नहुने सुनिश्चितता, भुक्तानी गर्दा सञ्चारमाध्यमको बिलको प्रतिलिपि अनिवार्य गर्ने गरी उक्त निर्देशिकामा व्यवस्था गरिएको थियो । अदालतले निर्देशिकाको उक्त व्यवस्था बदर गर्न अस्वीकार गरेको छ ।

उक्त व्यवस्थाले एजेन्सीको सेवा शुल्क पारदर्शी बनाउने, सरकारी खर्चमा कटौती हुने, विज्ञापन प्रकाशन प्रसारणमा भइरहेको चुहावट रोकिने र विज्ञापन बजार पारदर्शी हुने भएकाले निर्देशिका बदर गर्नु नपर्ने ठहर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group