ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय चुनावमा मतदाता बढाउन सित्तैमा बियर र ट्याक्सी खर्चको अफर !


एबीसी न्यूज
१३ बैशाख २०८१, बिहिबार   २ : ०६   बजे

काठमाडौं १३ बैशाख । भारतमा चलिरहेको सात दिने आमचुनावको दोस्रो चरणमा शुक्रबार मतदान हुँदै छ। त्यसका लागि ब्यांग्लोरको कर्णाटक राज्यमा मतदातालाई मतदानमा आकर्षित गर्न अनेक जुक्ति निकालिएको छ।

बीबीसीका अनुसार धेरै कम्पनीहरुले मतदानमा सहभागी हुनेलाई निःशुल्क खानादेखि ट्याक्सी खर्चसम्म दिइरहेका छन्। यसमा सित्तैमा बियर, छुटमा क्याब राइड र निःशुल्क स्वास्थ्य जाँच जस्ता सुविधा रहेका छन्।

केही खाद्य बिक्रेताले ग्राहकलाई चुनावमा मतदान गरेको मसी पोतिएको औँला देखाउनुपर्ने सर्त अघि सारेका छन्। गत बुधबार मात्रै उक्त राज्यको उच्च अदालतले निर्वाचन कार्यविधि उल्लंघन नहुने गरी यस्तो सुविधा दिन अनुमति दिएको थियो।

कर्णाटकमा आम मानिसहरुले चुनावमा न्यून सहभागिता जनाउने गरेकाले यसपटक ती सुविधामा छुट दिइएको बताइएको छ।

सन् २०१९ को आम चुनावमा उक्त सहरको ब्यांग्लोर साउथ कन्टिचुअन्सीले कर्णाटककै कम अर्थात् ५३।७ प्रतिशत मात्रै मतदान भएको थियो।

यस्तो सुविधा दिनेमा राइडसेयरिङ एप ब्लु–स्मार्ट, र्‍यापिडोलगायत छन् भने मिस्टर फिली रेस्टुराँ, वन्डरला पार्कलगायतले पनि छुटको अफर ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

बेलायतबाट आमाले पठाएको ५ लाखले छोरालाई कानुनी फन्दामा पार्‍यो, हुन्डीको नयाँ ठगी जालो खुल्दै

सम्बन्धित

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

इमरान खानलाई जेलमै बिस्तारै मार्ने प्रयास भइरहेको छ : छोरा सुलेमान

अमेरिकाको नयाँ प्रतिबन्धको घेरामा इरानका व्यापारिक साझेदार, चीनदेखि पाकिस्तानसम्म दबाब बढ्ने

सीआईए निर्देशक रेटक्लिफको अचानक मस्को भ्रमण, उद्देश्यबारे रहस्य कायम

ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन सी जिनपिङ भारत आउने सम्भावना, ४०० सदस्यीय टोलीको तयारी

शिक्षक भर्ती परीक्षा एकै चरणमा गर्न माग गर्दै बिहारमा विद्यार्थी आन्दोलन उग्र, प्रहरीको पानीको फोहरा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu