ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु तथा घरेलु उद्योग : उद्योगमन्त्री


एबीसी न्यूज
१३ बैशाख २०८१, बिहिबार   २ : ४८   बजे

काठमाडौं १३ बैशाख । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग भएको बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरुसँग महासंघको माइतीघरस्थित सचिवालयमा भएको छलफलमा उहाँले भन्नुभयो, “निर्यातजन्य वस्तु साना मझौला उद्योगमै छ । यस्ता उद्योेगको प्रबद्र्धन र विकासमा म हरतरहले लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

साना तथा मझौला उद्योगहरुको बजार मागमा आएको उच्च कमीका कारण समस्यामा परेका उद्योगी व्यवसायीहरुको समस्या समाधानका लागि उचित नीति बनाइ कार्यान्वयन गराउनको लागि तयार रहेको भन्दै मन्त्री भण्डारीले भन्नुभयो, “अब हाम्रो सम्भावना, रोजगारीको क्षेत्र, हाम्रो समृद्धिको यात्रा साना घरेलु तथा लघु र मझौला घरेलु उद्योगहरु नै हो । त्यसमा पनि अझ हाम्रो स्रोत र साधनमा आधारीत उद्योगहरुको निर्यातमा ठुलो योगदान रहन्छ ।”

देशमै औद्योगिक उत्पादन बृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विस्तार गरी रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिंदै मन्त्री भण्डारीले लघु, घरेलु तथा साना उद्योगीहरुका लागि कर्जामा सहुलियत र प्रविधि हस्तान्तरणका लागि प्रधानमन्त्री नेपाली उत्पादन तथा उपयोग अभिवृद्धि कार्यक्रम छिट्टै मन्त्रीपरिषदमा जान लागेको बताउनुभयो ।

नेपाली उद्योगहरुको समस्याकै रुपमा तयारी वस्तु र कच्चा पदार्थमा एउटै कर हुँदा समस्या भएकोतर्फ ध्यानाकर्षण गर्दै उहाँले अब तयारी वस्तुमा धेरै र कच्चा पदार्थमा थोरै कर लगाउने गरी प्रस्ताव गरेको जानकारी दिनुभयो ।

“अबको नीति तथा कार्यक्रम र बजेटमा लघु, घरेलु तथा साना उद्योगका धेरै भन्दा धेरै कुरामा देखिनेगरी सरकारभित्र पनि निजी क्षेत्रको पैरवी गर्छु । उद्यमशीलताका तमाम सम्भावनाहरु छन् । आज पनि आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेको साना तथा मझौला उद्योग नै हुन् । निर्यातजन्य वस्तु साना मझौला उद्योगमै छ । अहिले पनि हामीसँग जडिबुटी प्रशस्तै छ । अमला, टिमुर यत्तिकै खेर गइरहेको छ । उत्पादनले बजार पाएको छैन ।” मन्त्री भण्डारीले भन्नुभयो ।

सरकारले नीतिमा सहुलियत दिने हो । उद्योग त उद्योगी व्यवसायीले चलाउने हो । त्यसैले उद्योगी व्यवसायीलाई प्रोत्साहित गर्ने र उद्योग व्यवसायको विकासका लागि सरकार प्रतिवद्ध रहेको मन्त्री भण्डारीको भनाइ थियो ।

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले नेपालको सन्दर्भमा लघु, घरेलु तथा साना उद्योगहरु आर्थिक समृद्घिको सम्बाहकका रुपमा रहेतापनि यस्ता उद्योगहरुको प्रमुख समस्याको रुपमा बजार पहुँच रहेको बताउनुभयो ।

नेपाल सरकारले महिला उद्यमी, कृषि उद्योग लगायतका उद्यमीहरुलाई दिदै आएको सहुलियतपूर्ण कर्जा र कोभिड पीडित उद्यमीहरुलाई दिइदै आएको पुर्नकर्जा कार्यक्रमलाई यथावत राख्दै साना उद्यमीहरुलाई बैंकहरुले कर्जा प्रवाहमा गर्ने भेदभावपूर्ण व्यवहारको अन्त्य गर्न सरकारले सहजीकरणको भूमिका निर्वाह गर्न उहाँले अनुरोध गर्नुभयो ।

उद्योगहरुमा जडान गरिएका मील मेसिनरी र औजारहरुको स्वामित्वको प्रमाणपत्र जारी गरी सो लाई पनि धितो मानी दैनिक उत्पादनको क्षमता र उत्पादित वस्तुको मौज्दात हेरी लघु, घरेलु तथा साना र महिला उद्यमीहरुलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइ दिन उहाँको आग्रह थियो ।

आगामी बजेट मार्फत ७५३ वटै पालिकाहरुले लघु, घरेलु तथा साना उद्योगको विकासका लागि प्रत्येक पालिकाहरुले २० प्रतिशत बजेट विनियोजन गरी लघु, घरेलु तथा साना उद्योगको विकासका लागि मात्र प्रभावकारी रुपमा खर्चिने नीतिगत व्यवस्था गराइदिन अध्यक्ष सिंहले अनुरोध गर्नुभयो ।

स्वदेशी लघु घरेलु तथा साना र महिला उद्यमीका उत्पादनहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन र स्वदेशी उद्योगहरुको विकासका लागि केन्द्रीय स्तरमा निर्यात गृह स्थापना गर्न आवश्यक भएकाले सरकारको तर्फबाट आवश्यक बजेट सहित स्थान उपलब्ध गराइदिन अध्यक्ष सिंहले आग्रह गर्नुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष सूर्य कँडेलले नेपालको संरचना जस्तै महासंघको पनि देशभर संरचना रहेको भन्दै लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धनमा देशैभर पैरवी गरिरहेको बताउनुभयो ।

कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरु वासु गिरी र लता प्याकुरेल, वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, उपाध्यक्षहरु हरिहर थापा, राजेन्द्रमान श्रेष्ठ, अञ्जना शाक्य, सत्यनारायण प्रजापति, मोहन कटुवाल, महासंघ अन्तरगत केन्द्रिय महिला समिति अध्यक्ष रोशनी उपाध्याय र वरिष्ठ उपाध्यक्ष रीता अवाल, कोषाध्यक्ष अच्युत पाण्डे, सचिव रुद्र न्यौपाने, केन्द्रिय सदस्य पूर्ण पाण्डे, महासंघ अन्तरगत केन्द्रिय महिला समिति सचिव दीपा शाक्य तथा सदस्य गोमा खनाल, महासंघ, बागमती प्रदेश महिला समिति अध्यक्ष सुलोचना श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group