ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कतारको अल जावर पार्टनर्स कम्पनीमा १५ सय कामदार तलबविहीन


एबीसी न्यूज
१४ बैशाख २०८१, शुक्रबार   २ : ४१   बजे

काठमाडौं १४ बैशाख । कतारको अल जावर पार्टनर्स कम्पनीमा रहेका ६२५ नेपालीसहित १५ सय जना कामदारले पाँच महिनादेखि तलब पाएका छैनन् । तलब र काम गर्न सामग्री नआएपछि १४ अप्रिलबाट काम रोकिएको छ ।

कतारको अल जावर पार्टनर्स कम्पनीमा १५ सय कामदार तलबविहीन
पीडित कामदारलाई गैरआवासीय नेपाली संघ कतारले कतारको श्रम विभाग र कतार च्यारिटीसँग समन्वय गरी तत्काल खाद्यान्न उपलब्ध गराएको छ । कम्पनीले कामदारलाई तलब दिन सकेपछि खाना पनि दिएको छैन ।

 

‘यो ठूलो कम्पनी हो । कम्पनीले हामीलाई तलब दिन्छ भनेर पर्खिवसेका थियौ । हामीले खाना आफ्नै पैसाले नै खाँदै आएको थियौं । अहिले हामीसँग पैसा नै छैन । बिचल्लीको अवस्थामा आउनुपर्‍यो,’ एक कामदारले भने ।

उनीहरूले अल जावरमार्फत कतारको सरकारी प्रोजेक्टमा काम गर्थे । कतार सरकारले नै ठेक्काको पैसा उपलब्ध नगराएको कारण आफूहरूले तलब दिन नसकेको सूचना कामदारलाई दिएको छ । पीडित कामदारले नेपाली दूतावाससमक्ष तलब दिई तत्काल उद्धार गर्न अनुरोध गरेको छ ।

कामदारको समस्या समाधान गर्न एनआरएन, कतारले कतारको श्रम मन्त्रालयका उच्च अधिकारीहरूसँग छलफल गरेका थिए । कतारको श्रम मन्त्रालयको प्रवासी श्रमिक मामिलाका लागि सहायक उपसचिव शेखा नजवा अल–थानीले कामदारलाई खाद्यान्नको अभाव हुन नदिने बताउँदै समस्या समाधान गर्न पहल गरिने प्रतिबद्धता जनाएकी छन् ।

एनआरएन, कतारका श्रमिक कल्याण समितिका प्रमुख कृष्ण पन्थीले कामदारलाई खाद्यान्न अभाव हुन नदिने गरी काम भइरहेको बताए । ‘यो समस्या समाधान हुनेमा हामी आशावादी छौं । उहाँहरुले पाउनुपर्ने तलब दिलाउन सम्बन्धित निकायको ध्यानकर्षण भइरहेको छ,’ उनले भने ।

यो कम्पनीमा साढे दुई वर्षदेखि करिब २० वर्षसम्म काम गरेका कामदार रहेका छन् । कम्पनीका ४ वटा साइड चलेका थिए । स्थानीय प्रहरीले कम्पनीसमक्ष दुई पटक कुरा गरिसकेका छन् । कम्पनीले तलब दिने भाका सार्दै गइरहेको छ । कम्पनीले सोमबारसम्म बक्यौता तलब दिई स्वदेश फिर्ता गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu